तिप्लिङ न्यूज
०७६ साउन २५ सिन्धुपाल्चोक

लोक तथा दोहिरि गितको संरक्षण एवम प्रबर्द्धनमा निरन्तर लागि परिरहेको संस्था हो लोक तथा दोहोरि गित प्रतिष्ठान ।

देशैभरिको जिल्लामा आफ्नो सन्जाल भयको यस लोक तथा दोहोरि गित प्रतिष्ठानको यतिबेला सबै जिल्लाहरुमा धमाधम अधिबेसन भईरहेको छ ।

सोही क्रममा सिन्धुपाल्चोक जिल्ला शाखाले पनि अधिबेशन यहि साउन २७ गते गर्ने निर्णय गरिएको सिन्धुपाल्चोक जिल्ला शाखा अध्यक्ष योगेस लामाले जानकारि दिनु भयो ।

अधिबेशन सिन्धुपाल्चोक चौतारामा सम्पन्न हुनेछ ।
नयाँ जोस र जाँगर सहित अधिबेशनबाट नयाँ नेतृत्व चयन हुने भएको छ । यति बेला लोक तथा दोहोरि गित प्रतिष्ठान सिन्धुपाल्चोक अधिबेशनको तयारिमा जुटिरहेको छ ।