तिप्लिङ न्यूज

मिति २०७५ चैत १९

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराको टुँडिखेलमा ठुलो धन राशिको दोस्रो चौतारा साँगाचोकगढी मेयर कप फुटबल प्रतियोगिता भोलिबाट हुने भयको छ ।

तोप एक्काइसको आयोजनामा हुन लागेको फुटबल प्रतियोगिता यहि चैत २० गते बाट चौताराको टुढिखेलम सुरु हुनेछ ।

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेसँगै तयारी पूरा भएको जनकारि प्राप्त भयको छ। ए डिभिजनका क्लबहरुको समेत सहभागिता रहने प्रतियोगितामा १२ टीम सहभागी छन् ।

बिजेताले पाँच लाख पाच हजार नगदसँगै ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
साथै, बिजेता टोलीलाई र्याफ्टिङसहित एक रातको बसाई सुकुटेस्थित माया बिचमा गराइने छ । तोप एक्काइसको आयोजनामा चौतारा साँगाचोकगढी नगरपालिकाले प्रवर्द्धन गरेको प्रतियोगितामा दोस्रो हुने टीमले नगद २ लाख पाँच हजार पाउनेछन् ।

नगदसँगै मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । चैत २० बाट आठ दिनसम्म चल्ने प्रतियोगितामा आयोजक तोप एक्काइसका अनुसार ए डिभिजन लिग खेल्ने त्रिभुवन आर्मी, एपिएफ, रानीपोखरी कर्नर टिम (आरसिटी) र श्री भगवती युवा क्लब टोखाले सहभागिता जनाउने तोप एक्काइसका अध्यक्ष अशोक कार्कीले जानकारी दिनुभयो ।

२५ लाख ५३ हजार ९ सय रुपैयाँ अनुमानित लागतमा प्रतियोगिता हुन लागेको हो । अध्यक्ष कार्कीकाअनुसार प्रतियोगिताका उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र, उत्कृष्ट युवा खेलाडीलाई नगद १० हजार र हरेक खेलमा प्रदान गरिने म्यान अफ दि म्याचलाई नगद तीन हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगितामा २ हजार जना अट्ने अस्थाई प्याराफिटको समेत ब्यवस्था गरीएको छ । चैत्र २० गतेको उद्रघाटन खेलमा सिन्धुपाल्चोक युथ क्लव तथा झम्सिखेल युथ क्लव बिच खेल हुने भएको छ ।

साथै सामाजिक काममा प्रतिवद्ध भएर लाग्ने योजना अनुसार खेल उत्घाटनको दिन चैत्र २० गते विहान ८ बजे रक्तदान कार्यक्रम समेत राखेको अध्यक्ष कार्किले बताउनुभयो ।