तिप्लिङ न्युज
मिति २०७५ मंसिर २२ काठमाडौं

प्रोमिश नामक एल्बम बाट आफ्नो सांगित यात्र सुरु गरेका प्रकाश तामाङ यतिबेला संगितमा ब्यस्त छन । नयाँ गित रेकर्डिङ , नयाँ नयाँ गितको सृजना गर्ने संगित भर्ने नयाँ नयाँ गित रचना गर्ने गर्दै बित्छ गायक तथा संगितकार प्रकाश तामाङको दिनचर्या ।

मकवानपुर जिल्लाको सोलिथुममा जन्मेका प्रकाश, बुबा बुद्ध रत्न तामाङ र आमा फुलमाया लामाको कान्छो छोरो हुन । सानै देखि गित संगितमा रुचि भएका उनी स्कुले दिनहरुमा हरेक सांगीतिक कार्यक्रमहरु भाग लिन्थे । २०६७ सालमा औपचारिक रुपमा गित रेकर्डिङ गरेका उनको अहिले सम्म नेपाली पप गित , लोक पप, लोक सेलो गरेर दर्जन भन्दा बढि गितहरु बजारमा आईसकेको छ । जाँदै छु टाढा , कस्तो अनौउठो नाता, सिमभन्ज्याङको चिसो ठाउमा , डुबि सकेछु , यो जीवन , सोल्टिनि, पोख्रेलि माया र यो सहर जस्ता गितहरु गायक प्रकाश तामाङलेनै गायका हुन । कुशल गायक मात्र नभई कुशल संगितकार पनि हुन प्रकाश तामाङ । अहिले सम्म धेरै गितहरुमा संगित भरिसकेका छन । प्रकाशले भरेको संगितमा गायिका सुमिना लो , गायक समीर थिङ , गायक आशिष स्याङतान , गायिका बिमला थिङ र नवीन लुङबाले समेत गित रेकर्डिङ गरिसकेको छ । विशेष गरि नेपाली पप गित गाउने प्रकाशले आफु तामाङ भयकोले पनि चाँडैनै तामाङ सेलो गितहरु पनि गाउने हामिलाई बताएका छन ।

गायक तथा संगितकार प्रकाश तामाङ संग गरिएको छोटो कुराकानी

तापाईको पहिलो गित कुन र कहिले रेकर्डिङ भयो ?
– मेरो पहिलो गित जाँदै छु टाडा हो। यो गित त्यस्तै २०६७ साल तिर रेकर्ड भयो ।

तपाईको जिन्दगीमा गित संगितले कत्तिको महत्व राख्दछ ?
– गित संगित मेरो लागि रमाउने र कमाउने मात्र नभई मेरो साथि हो जस्तो लाग्छ । मैले गित संगितको लागि धेरै कष्ट दुख भोगेको छु। त्यसैले गित संगित मेरो जिबनको महत्त्वपूर्ण अङ्ग जतिकै हो ।

गित संगित बाट जिउने आधार भयन भने के गर्नु हुन्छ ?
– अहिले सम्म गित संगित बाहेक अरु बिकल्पनै सोचेको छैन । संगितलाई निरन्तरता दिन्छु यसैमा मेरो जिन्दगि चल्छ र चलाउछु ।

संगित सिक्नु भाको छ ? सिक्न कत्तिको जरुरि ठान्नु हुन्छ ?
– मैले संगित सिकेको छु । संगित सिक्न एक दम जरुरि छ । सिकेर मात्रै पनि हुदैन गाउनको लागि गड गिफ्टेड स्वरको आवाश्यक पर्दछ । सिक्ने भनेको जति छ भयको स्वरलाई माझिने काम हो जति सिकेउ त्यति टल्किन्छ ।

अब तपाईको कस्तो गित आउदै छ , स्रोता दर्शकले कहिले सुन्न पाउँछन् ?
– अब चाँडैनै मेरो संगितमा नेपाल आईडल बुद्ध लामाले गित गाउदै हुनु हुन्छ । त्यस्तै मेरै संगित मेरै स्वरमा नेपाली तामाङ सेलो गित पनि आउदै छ । यो २०७५ को ल्होछार भन्दा अघिनै स्रोता दर्शकले सुन्न पाउनुहुनेछ ।

प्रकाश तामाङको उत्कृष्ट गित :-
पोख्रेलि मायाको १६ लाख भन्दा बढिले हेरेका छन
भिडियो