तिप्लिङ न्यूज,
मिति २०७५ असोज २७ चौतारा,सि.पा
चौतारा सागाचोक गढि नगरपालिका भित्र भयको वडा स्तरिय फुटबल प्रतियोगिताको ठुलोसिरुवारि कप वडा नम्बर ४ कुविण्डेले जितेको छ ।
नगरपालिका भित्रको १४ वटा वडानै सहभागी भयको खेलमा कुविण्डेलाई उपाधि जिताउन फाईनल खेलमा सोनाम पाख्रिन र ईश्वर पाख्रिनले १-१ गोल गरेको हो ।
सेमिफाइनल खेलमा कुविण्डेले सागाचोकलाई हराउदै फानल उक्लेका थिए भने चौताराले कदमबासलाई हराएको थियो ।
वडा नम्बर ४ कुविण्डे र वडा नम्बर ५ चौतारा विच भयको फाईनल खेल अती रोमाञ्चक र प्रतिस्पर्धात्मक भयपनि २-० गोलको अन्तरले कुविण्डेले नतिजा आफुतिर पार्न सफल भए । प्रथमलाई ५० हजार सिल्ड मेडल प्रमाणपत्र र द्धितियलाई ३० हजार को पुरस्कार ब्यबस्थापन गरियको थियो ।
वडा नम्बर १३ ठुलोसिरुवारिको ग्राउण्डमा भयको खेलको उत्घाटन ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्रि युवराज दुलाल शरदले गरेपनि पुरस्कार वितरण भने चौतारा सागाचोक गढिका प्रमुख अमान सिं तामाङले गरेका थिए ।