मिति २०७५ अशोज ४ काठमाडौं
कविता “संविधान दिवस”
सदियौ देखि
भोटेकोसीमा धेरै पानी बगिसक्यो
त्यतिनै बगेको छ रगत
आवाज बिहिन (अ) नागरिकहरु को
सदियौ देखी
धेरै पानी बगिसक्यो इन्द्रावती मा
त्यतिनै बगेकोछ आँसु
शोषित उत्पीडित चेलीहरु को
अनि
के बाँकी राखेनर बगाउन
बिगत देखि बर्तमान सम्मका
सत्ताबाद का ठेकेदार हरुले
दशकौंदेखि
सुन्दै,देख्दै,भोग्दै
आफ्नै आँखा अघि
धेरै चिज बगेको छ/बगाइएको छ
कलकारखाना देखि
देशको सिमाना सम्म
पुर्खाको निशानी देखि
युवाको जवानी सम्म
यहाँ बलात्कृत भएको छ
अबोध नानी देखि बृद्धा सम्म
देश को भुगोल देखि झण्डा सम्म
अनि
बलात्कारी उन्मत्त
बिर्यपातमा मस्तराम भैरहदा
दैनिक मारिनु परेकोछ निर्मलाहरु
घर देखि बगर सम्म
शक्तिसाली हत्केलाहरु बाट
राज्यसंयन्त्र
मनाइरहेछ उत्सव
तिनै चेलिहरुको
रगत र आँशुको कक्टेल पिउदै
सिङ्गो देश
बलात्कारिको बिर्यले गन्हाइ रहेकोबेला
नयाँ संविधानको बास्ना कसरि सुघ्नु?
कवि हेमन प्रधान सिन्धुपाल्चोक चौतारा