तिप्लिङ न्यूज
मिति २०७९ असोज १२ गते
काठमाण्डौं

मोक्तान डिजिटलको प्रस्तुतिमा दशैँ तिहारको नयाँ गीत सार्वजनिक भएको छ । “दशैँ आयो तिहार आयो” भन्ने बोलको गीतमा गायक प्रकाश तामाङ्ग तथा सुमिना लो , सुलभ तामाङ्ग र सृजना तामाङ्गको स्वर रहेको छ । सोमबार दिउँसो मोक्तान डिजिटल युट्युव च्यानलबाट गीत सार्वजनिक भएको हो गितको भिडियो ।

नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको अवसरमा उक्त गीत दर्शक श्रोता माझ बजारमा ल्याएको गायक तामाङ्गले बताए । गीतमा सुलभ तामाङ्गको शब्द रहेको छ भने संगित सुलभ र गायक प्रकाश तामाङ्गले नै भरेका छन् ।

म्युजिक भिडियोमा गायक प्रकाश तामाङ्ग , नग्मा श्रेष्ठ , चर्चित ढुंगेल, पार्वती वाईबा र जङ्बु श्रेष्ठ तथा बाल कलाकार आलोक रानाभाट र दिपिका पाठकको अभियन रहेको छ ।

भिडियोको निर्देशन साजन कडेंलले गरेको छ । गायक प्रकाश तामाङ्गले गत वर्ष तिहारको गीत “सप्तरङ्गी टिका” बोलको गीत ल्याएको थियो । उक्त गीत दर्शकले अत्याधिक मन पराएका थिए । उक्त गीतलाई युट्युवमा पच्चीस लाख भन्दा बढीले हेरेका छन् ।
भिडियो पनि हेर्नुहोस