तिप्लिङ न्यूज
मिति २०७९ भदौं ७ गते
काठमाण्डौं

केही बर्ष देखि संचानलमा रहेको सनराईज डान्स् स्टुडियो विधिवद रुपमै आज बाट उत्घाटन गरि सुचारु गरिएको छ । एक औपचारिक कार्यक्रमनै अयोजना गरि काठमाण्डौ जिल्लाको कागेश्वरि मनहरा नगर पालिका वडा ५ थलिमा संचालनमा ल्याएको हो ।

सनराईज डान्स् स्टुडियोका नृत्य प्रशिक्षक एवम प्रोपाईटर टार्जन राईको जन्म उत्सवको अवसर समेत पारेर आयोजना गरिएको समुद्घाटन कार्यक्रम नृत्य निर्देशक संघ नेपालका केन्द्रिय उपाध्यक्ष सम्भु साहिको प्रमुख आतिथ्यतामा सुसम्पन्न भएको छ ।

टार्जन राईको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम समेत भएको थियो । प्रमुख अतिथि साहिले रिबन काटेर, दिव प्रज्वलन गरेर नाट्यश्वरको पुजा गरेर उत्घाटन गरिएको कार्यक्रमलाई स्वागत नृत्यबाट अघि बढाईएको थियो ।

कार्यक्रममा बिशेष अतिथिका रुपमा नृत्य निर्देशक संघ नेपालका केन्द्रिय सह कोषाध्यक्ष केशव कोईराला , नृत्य निर्देशक संघ नेपालका केन्द्रिय सदस्य एवम काठमाण्डौं जिल्लाका अध्यक्ष बुद्ध लामा , नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्लाका अध्यक्ष चुडामणि फुयाल थिए । अतिथिहरुमा नृत्य निर्देशक संघ नेपाल काठमाण्डौं जिल्लाका सचिव देवराज गुरुङ, संघकै गोकर्नेश्वर नगर कमिटि अध्यक्ष बाबु सेन्चुरि, नगर कमिटिकै सचिव अभि वाग्ले , सदस्य सुरज तामाङ, अल नेपाल युथ क्लबका अध्यक्ष सुदेश राई र सचिव मिन बहादुर रोक्का लगायतको अन्य कला पारखि व्यक्तित्वहरुको उपस्थीति थियो ।

बिभिन्न सांस्कृतिक कार्यक्रम एवम बधाई सहितको मन्तव्य हुदै समापन भएको कार्यक्रममा प्रमुख अतिथिले आफ्नो भनाई राख्दै आफु संलग्न संस्था नृत्य निर्देशक संघ नेपालले भईपरिआएमा सक्ने जति सबैखाले सहयोग हुने प्रतिबद्धता जनाए । त्यस्तै मन्तब्य राख्दै बिशेष अतिथि केशब कोईरालाले भर्खरै मात्र उत्घाटन भएको सनराईज डान्स् स्टुडियो त्यस क्षेत्रकै उत्कृष्ट प्रशिक्षण केन्द्र बनोस भन्दै प्रशिक्षक र प्रशिक्षर्थिमा अनुशासन भन्ने कुरा एकदमै महत्वपुर्ण हुने बताए ।

सनराईज डान्स् स्टुडियोका प्रशिक्षक टार्जन राईको जन्म दिन पनि आजै परेकोले केक समेत काटेर जन्म उत्सव मनाईएको कार्यक्रमलाई आस्मान लोप्चनले संचालन गरेको थियो । प्रशिक्षक टार्जन राई सम्पर्क नम्बर ९८४७३७१७५५

भिडियो पनि हेर्नुकोस