तिप्लिङ न्यूज
मिति २०७९ भदौं ६ गते
काठमाण्डौं

गायक प्रकाश तामाङ तितुङको डुबि सके बोलको गितको भिडियो सार्वजानिक भएको छ । मोक्तान डिजिटलको प्रस्तुतिमा तयार भएको गितमा शब्द र संगित समेत गायक प्रकाशकै रहेको छ ।

फनिन्द्र राईले संगित संयोजन गरेको गितको ध्वनि सम्पादन सुमन खड्काले गरेका हुन । एक पछि अर्को चर्चित गित पस्किरहेका गायक प्रकाश तामाङको यो गित पनि धेरै स्रोता दर्शकले रुचाउने छन् ।

केहि दिन अघि मात्र सार्वजानिक भएको गितको छायांकन अमेरिकाको टेक्सस् सहरमा गरिएको हो । सौराम राज तुलाधारले निर्देशन गरेको गितको भिडियोमा नेपालि तथा अमेरिकी कलाकारले अभिनय गरेको छ ।

भिडियोमा नेपालि कलाकारहरु दिभ्ना थापा, निकेश धामि,किर्टाना बास्कोटा, बिकाश बिश्वकर्मा र शैलेस बिश्वकर्मा संगै अमेरिकी कलाकार JOHN “WILLY” WILLIAMSON र  KASEY “JONES” WALTHER को दमदार अभिनय देख्न सकिन्छ । सम्भु मोक्तानले छायांकन गरेको भिडियोको सम्पादन भने बिकाश दाहालले गरेका छन् । अभिनय समेत गरेका किर्टाना बास्कोटाले भिडियोमा श्रृगांरको पाटो पनि सम्हालेका थिए । भिडियो समग्रमा उत्कृष्टनै बनेको छ । हलिउड सैलिमा तयार भएको भिडियो मोक्तान डिजिटलको अफिसियल युटुब बाट बजारमा ल्याएको छ ।

राम्रो गायन क्षमता भएको गायक प्रकाश तामाङ तितुङकाे यो भन्दा अगाडिका धेरै गितहरु चर्चित छन् । यो भन्दा केहि महिना अघि मात्र गायक प्रकाशको अप्सरा बोलको गित पनि मोक्तान डिजिटल बाटै सार्वजानिक भई धेरैले रुचाएका थिए ।

भिडियो पनि हेर्नुकोस