तिप्लिङ न्यूज
मिति २०७९ असार ३० गते
काठमाण्डौं,कपन

नेशनल डाइनामिक आर्ट्स द्वारा सञ्चालिक एनडिए डान्स स्टुडियोले गुरु पुर्णिामाको विशेष अवसर पारेर डान्सिङ आइडल, गुरु पुजा, सास्कृतिक एवम बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

बुढानिलकण्ठ न.पा. वडा नम्वर १० का वडाध्यक्ष नवराज भट्टराई को प्रमुख आतिथ्यतामा भएको डान्सिङ आइडलमा ३ दर्जन बढी प्रतियोगिहरुको सहभाही रहेको थियो । सिनियर र जुनियर दुई तहमा भएको प्रतियोगितामा सिनियर तर्फबाय प्रथम, दोश्रो र तेश्रोमा क्रमस प्रशंसा पोखरेल, इच्छा गुरुङ र क्यारल परियार त्यसै गरि सान्तवना मा नविना कुलुङ र जेरिमी सिं उत्कृष्ट भेषभुषा, श्रुङ्गारमा निरुता कार्की र अनुसासितमा आरुसी राई बिजेता हुन सफल भएको हो ।

त्यसै गरि जुनियर तर्फ प्रथम, दोश्रो र तेश्रोमा क्रमश; आकृती श्रेष्ठ, तानिया सिं र याना श्रेष्ठ भएका छन् भने सान्तवनामा तृक्षा भण्डारि र रिदिमा लामा त्यस्तै गरी उत्कृष्ट भेषभुषामा निस्था शाक्य र अनुसासितमा नुयाङ गुरुङ बिजेताले ट्रफी हात पारेका छन् ।

प्रतियोगितामा बिजेता हुने बिद्यार्थिहरुलाइ प्रमुख अतिथी, नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला, भक्तपुर जिल्लाको पदाधिकारीहरुले ट्रफी तथा प्रमाण पत्र बितरण गरेका थिए । सिनियर र जुनियर तर्फमा बिजेताले ६ महिना सम्म छात्राबृत्तिमा एनडिए डान्स स्टुडियोमा डान्स सिक्न पाउने भएको छ भने म्युजिक भिडियोमा मोडलिङ गर्ने अवसर पनि पाइने छन त्यस्तै उपबिजेताले २/२ महिनाको छात्राबृती प्राप्त गरेका छन् ।

संस्थापक अध्यक्ष देवराज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनडिए डान्सका प्रोपाइटर लक्ष्मी पुरी गुरुङ्ले स्वागत मन्तब्य दिएकी थिईन भने नेशनल डाइनामिकका न्युज प्रमुख चुडामणी फुयालले कार्यक्रम सञ्चालन गरेको थियो ।

एनडिएका आफ्नै कार्यलय अगाडि सम्पन्न कार्यक्रमलाइ सम्बोधन गर्नुहुदै प्रमुख अतिथी वडाध्यक्ष नवराज भट्टराइ ज्युले यस्ता खाले नेपाली लोक सांस्कृतिकलाई प्रबर्दन गर्ने हिसाबले आयोजित कार्यक्रम गरेकोमा आयोजकलाइ धन्यबाद दिनुहुँदै अवको दिनमा यस्ता कार्यक्रम गर्नु परे वडाबाट पनि सक्दो सहयोग गर्ने वाचा गर्नुभयको छ । कार्यक्रममा समाजसेवी बद्री खड्का र नवनिर्वाचित वडाध्यक्ष प्रमुख अतिथिलाइ बधाइ तथा सम्मान गरिएको थियो भने कार्यक्रमका कोरियोग्राफर आयुशा श्रेष्ठ, मनिता चौलागाइ र संगिता तामाङ एवम मिडिया कर्मी र अतिथिहरुलाइ कदर पत्र र मायाको चिनो बितरण गरिएको थियो । भब्य रुपमा सम्पन्न भएको कार्यक्रम प्रतियोतितात्मक एवम सांस्कृतिकमय रहेको थियो ।

भिडियो पनि हेर्नुहोस्