तिप्लिङ न्यूज
मिति २०७९ जेष्ठ २८ गते
काठमाडौं

धादिङको थाक्रे १० केवलपुरमा जन्मिएका सञ्चारकर्मी तथा हाँस्य कलाकार एम.जि तामाङ अहिले कार्यक्रममा ब्यस्त छन् । रेडियो राजमार्ग ९२.१ मेगाहर्जमा काउकुती कार्यक्रम सञ्चालन गरेर सञ्चार क्षेत्रबाट आफ्नो यात्रा सुरुवात गरेका सञ्चारकर्मी माधव घले अहिले दर्शक र श्रोताको ओठमा छुट्टै नाम एम.जि। तामाङबाट परिचित छ्न् ।

रेडियोमा काम गर्दै साङ्गितिक यात्रामा समेत यात्रा अगाडि बढएको सञ्चारकर्मी तामाङ विभिन्न राजनीतिक दलका ब्याक्तित्वहरुका आवाजको सजिलोसँग जस्ताको त्यस्तै अभिनय गर्न सिपालु छन् ।

आजभोली दर्शक र श्रोताका माया ममता र स्नेहका कारण दिनप्रतिदिन विभिन्न कार्यक्रम र गोष्ठी समारोहमा आफ्नो कलाकार प्रस्तुति दिन र दर्शक श्रोतालाई हँसाउन ब्यस्त छन् । यसैगरि उनले राष्ट्रिय अवार्ड समेतको टप ५ मा पर्न सफल भएका छन् ।

मायाको कसम तोड्दिन बोलका गीतबाट आरम्भ गरिएका साङ्गितिक यात्रा अरु धेरै गीतहरूमा स्वर भरिसकेका छन् भने अभिनय पनि गरिसकेका छन् । बहुकला ब्याक्तित्व सञ्चारकर्मी तथा हाँस्यकलाकार एम.जि तामाङ एक मोडल पनि हो धेरै गितहरुमा मोडलिङ सम्मेत गरिसकेका छन् र स्टेज कार्यक्रमको लागि समेत भ्याइनभ्याई छन् ।
तामाङ दर्शक श्रोतालाई समय सापेक्ष विभिन्न बिषय बस्तु समेटेर हास्यास्पद ढंगमा झटारो हान्दै रमाइलो गर्न एकदम चलाख रहेका छन् ।

जसका माध्यमबाट उपस्थितिहरुमा समेत कार्यक्रमको लागि अत्यन्तै उल्लासमय महसुस गर्ने गर्दछ्न् । हाँस्य कलाकर तामाङ सबै दर्शक श्रोताको मन मुटुको ढुकढुकी बन्न सफल भैसकेको छ। त्यसमाथि सञ्चारकर्मी तथा हाँस्य कलाकार गायक र मोडल बहुप्रतिभाशाली हुन् अहिले उनी एम।जि । तामाङको नामले चर्चामा रहेका छन् । भविष्यमा राजनीतिबाट समाज सेवामा काम गर्ने मन सम्मेत रहेको बताउँछन् ।

भिडियो पनि हेर्नुहोस्

भिडियो पनि हेर्नुहोस्