तिप्लिङ न्यूज
मिति २०७९ जेष्ठ ९ गते
काठमाण्डौं

हिमाली सेलो ‘याङ्सरी माया’ बोलको सेलो गित बजारमा सार्वजानिक भए यता गायक प्रदिप लामाको लोकप्रियता झन्झन बढ्न थालेको छ । गित सुनेका प्राय सबैले गित उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन् ।

बिशेष गरि शेर्पा , ह्योल्मो र तामाङ समुदायले रुचाउने हिमाली सेलो प्रदिप लामा अफिसियल युटुब बाट सार्वजानिक भएको हो । अडियो गित मात्र बजारमा ल्याउदा समेत लाख दर्शकले रुचाएको गितको भिडियोको सबै तिब्र प्रतिक्षमा थिए ।

काठमाण्डौको बौद्व स्थित सोलु अर्गानिकमा एक अनौपचारिक कार्यक्रम गरि सार्वनिक गरेको गितको भिडियोलाई यति बेला राम्रै दर्शकले हेरिरहेका छन् ।

गायक प्रदिप लामा र लमु शेर्पाको स्वरमा रहेको गित आस्मान लोप्चनले लेखेका हुन् भने प्रदिप लामालेनै लय संकलन गरेको हो । जोग लाल लामाले संगित संयोजन र दिपेश प्रधानले ध्वनि सम्पादन गरेको गित सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको थियो ।

फर्पिङको एक गुम्बामा छायांकन भएको गितको भिडियोमा मिङ्मा डोमा शेर्पा , पार्वति तामाङ र छोङ्पा रिन्छेन शेर्पाको नृत्य संगै अभिनय देख्न सकिन्छ ।

सुसन लामाले निर्देशन गरेको भिडियोलाई सुर्य लामाले छायांकल, सम्पादन र रंग संयोजन गरेको हो । बाल कलाकारका रुपमा देखिएका दुई भाई बहिनि राहुल लामा र सदिक्क्षा श्रेष्ठ हुन् ।

समग्रमा गित र भिडियो दुबै पक्ष अब्बलनै देखिएको छ । यो समाचार तयार पार्ने बेला सम्म गित र भिडियोको बारेमा कुनै नकारात्मक टिकाःटिप्पणि आएको छैन । सिन्धुपाल्चोकको जिल्लाको बरुवामा जन्मेका गायक प्रदिप लामा करिब एक दशक देखि निरन्तर गित संगितमा छन् ।

भिडियो पनि हेर्नुहोस् ‘याङ्सरी माया’

अर्को भिडियो पनि हेर्नुहोस् आगो त बाल्ने सलाईको