तिप्लिङ न्यूज

मिति २०७८ फागुन ९ गते सिन्धुपाल्चोक

तामाङ सोसाईटि अफ युकेले हरेक बर्षझै यो बर्ष पनि सिन्धुपाल्चोक जिल्लाको चौतारा सांगाचोकगढि नगरपालिका वडा ३ मा रहेको समाज विकास आधारभुत विधालयका ३८ विधार्थिलाई पुर्ण छात्रावृति वितरण गरेको छ | विधार्थिलाइ एक वर्षलाई पुग्ने सम्पुर्ण सामग्रि वितरण गरेको हो |

औपचारिक रुपमा भएको कार्यक्रमको सभापति विधालय ब्यबस्थापन समितिका अध्यक्ष थिए भने कार्यक्रमको प्रमुख अतिथि स्थानिय सरकार वडा ३ का अध्यक्ष टेक बहादुर तामाङ , विशेष अतिथि तामाङ सोसाइटि अफ युकेका पुर्व अध्यक्ष एवम शैक्षिक विभाग प्रमुख अन्जु योन्जन, अतिथिहरु सोसाईटिका पुर्व महा सचिव देब राज तामाङ , बरिष्ठ सेलो गायक प्रेम लोप्चन , गायक आस्मान लोप्चन , समाजसेवि गंगा लामा , समाजसेवि राजु तामाङ र कलाकार सागर लोप्चन तामाङ हुनुहुन्थ्यो |

छात्रावृतिका रुपमा विधार्थिहरुलाइ विधालयको पोसाक, कापि, कलम, जोमेट्रि , जुत्त , चप्पल, मोजा, झोला संगै ज्याकेट समेत वितरण गरेको थियो | साथै यस बर्ष विधालयका लागि तिन सेट कम्प्युटर र एक सेट रंगिन प्रिटर समेत प्रदान गरेको छ | ल्होछारको अवसर पारेर गरेको कार्यक्रममा त्यहि माटोले जन्मायको बरिष्ठ गायक प्रेम लोप्चन र गायक आस्मान लोप्चनको सेलोको भाकाले कार्यक्रम संगितमय बनेको थियो |

कार्यक्रमको अन्तिममा कार्यक्रममा उपस्थित सम्पुर्ण विधार्थि अभिभावकलाई भोजन सेवन गरायर कार्यक्रमको समापन गरेको थियो | छात्रावृत्रि वितरणका लागि सोसाईटिका पुर्व अध्यक्ष एवम शैक्षिक विभाग प्रमुख अन्जु योन्जन र सोसाईटिकै पुर्व महा सचिव देब राज तामाङ UK देखि नेपाल आउनु भएको थियो |

जुमको माध्यमबाट भर्चुअल रुपमा तामाङ सोसाईटि अफ युके परिवारले कार्यक्रम प्रत्यक्क्ष हेरेका थिए |सोसाईटिको अध्यक्ष ज्ञान तामाङ लगायतले अनलाईनमा हेरिरहेको कार्यक्रमको सहजिकरण युके बाट सोसाईटिका महासचिव मनि तामाङले गरे भने नेपाल बाट आस्मान लोप्चनले गरेका थिए |

खान्दोके सेलो भिडियो पनि हेर्नुहोस