तिप्लिङ न्यूज
मिति २०७८ फागुन १ गते
काठमाण्डौं

नृत्य निर्देशक संघ नेपाल तार्केश्वर नगर कमिटी गठन भएको छ । शनिवार तार्केश्वर स्थित रि एण्ड कि फिल्मस प्रालिको सभाहलमा आयोजित उक्त कार्यक्रममा १३ सदस्यिय कार्यसमितिको गठन भएको हो ।

मिति २०७३ साल साउन २६ गते जिल्ला प्रशासन कार्यलयमा बिधिवत रुपमा दर्ता भएको यस संघको हाल सम्म नेपाल भर १५ वटा भन्दा बढी शाखाहरु गठन गरिसकेको छ । यस अघि पनि काठमाडौं जिल्ला शाखाले पहिलो नगर कमिटिको रुपमा चन्द्रागिरी नगर कमिटी र दोश्रोमा गोकर्णेश्वर नगर कमिटी गठन गरेको छ ।

त्यसै क्रममा नृत्य निर्देशक संघ नेपाल तार्केश्वर नगर कमिटी काठमाडौं जिल्लाको मातहतमा रहि तेश्रो नगर कमिटिको रुपमा गठन भएको हो । काठमाडौं जिल्ला शाखाको अध्यक्ष बुद्ध लामाको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ, बिशेष अतिथिमा केन्द्रीय सह कोषाध्यक्ष र भक्तपुर जिल्ला शाखाको अध्यक्ष चुडामणी फुयाल, सदस्य सल्मा राई, चन्द्रागिरि नगर कमिटिका अध्यक्ष आइत सिं मगर (कृष्ण राना) उपाध्यक्ष रेशम बहादुर मगर, सचिव कृष्ण बिराज भट्ट, गोकर्णेस्वर नगरकमिटिको अध्यक्ष बाबू बिश्वकर्मा, सचिव सुमित ब्लोन ज्युहरु अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

काठमाडौ जिल्ला उपाध्यक्ष महेश थापा ज्युले उपस्थित सम्पुर्णलाई स्वागत मन्तब्य बाट सुरुवात गरिएको कार्यक्रममा दिवंगत अमर नृत्य निर्देशक हरुको सम्झनामा १ मिनेट मौन धारन गरिएको थियो । भर्खरै सदस्य बनेको नयां सदस्यहरुलाइ सभापती, प्रमुख अतिथी तथा अतिथिज्युहरुबाट प्रमाण पत्र तथा परिचय पत्र बितरण गरिएको थियो ।

टेक बहादुर लामाको अध्यक्षतामा नवगठित तार्केश्वर नगर कमिटिको उपाध्यक्षमा लाल कृष्ण बिश्वकर्मा र शोभा थापा तामाङ सचिवमा रभी कार्की, सहसचिवमा प्रभात श्रेष्ठ, कोषाध्यक्षमा रुपा क्षेत्री, सह कोषाध्यक्षमा दिपक गुरुङ, सदस्यहरुमा कालू तामाङ, सन्तोष कुमाल,पारस कुमार अधिकारी, ज्ञानेन्द्र बहादुर खड्का, कबिता बुढा मगर र लक्षी थापा रहनुभएको छ।

नव गठित कार्यसमितिलाइ जिल्ला अध्यक्ष एवम कार्यक्रम सभापती बुद्ध लामा ज्युले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र बितरण गरिएको हो। नव निर्वाचित नगर अध्यक्ष ज्युलाइ जिल्ला अध्यक्ष बाट सस्थागत कागज पत्र बितरण गरिएको हो ।

प्रमुख अतिथिज्युले बोल्नुहुदै अहिले हामी सङग १ हजारको हाराहारिमा नृत्य निर्देशक ज्युहरु जोडिएकोमा खुसियाली ब्यक्तगर्दै फाल्गुन ६ गते मध्यपुर ठिमीमा हुन गैरहेको “राष्ट्रिय नृत्य महोत्स्वम–२०७८” मा निमन्त्रणा गर्नुहुदै राष्ट्रिय नृत्य दिवस पनि घोषणा गरेरै छाड्ने जानकारी गराउनुभयो ।
जिल्ला सचिव देवराज गुरुङ्ले सञ्चालन गरिएको कार्यक्रमा जिल्लाबाट अध्यक्ष बुद्ध लामा, उपाध्यल्श महेश थापा, सचिव, कोषाध्यक्ष ममता राई, सह कोषाध्यक्ष निरु फुयाल, सदस्यहरु पुर्ण ब श्याङ्तान, लक्ष्मी पुरी, समृद्दी पन्त र भक्त कु राई उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा मन्तब्यको क्रममा चन्द्रागिरी नगरकमिटिको अध्यक्ष आइत सि मगर, सचिव कृष्ण बिराज भट्ट, गोकर्णेस्वर कमिटि अध्यक्ष बाबू बिश्वकर्मा, भक्तलुर जिल्ला अध्यक्ष चुडामणी फुयाल, केन्द्रीय सह कोषाध्यक्ष केशव कोइरालाज्युले नव निर्वाचित पदाधिकारिहरुलाइ बधाइ तथा शुभकामना दिनुभएको थियो।

कार्यक्रमको सभा बिसर्जन गर्नुहुदै जिल्ला अध्यक्ष लामाले हामीली आजको दिनमा एक खुड्किलो सफल्ता प्राप्त गरेको खुसी ब्यक्त गर्नुभयो ।

भिडियो पनि हेर्नुहोला