तिप्लिङ न्यूज
मिति २०७८ माघ ५ गते
काठमाण्डौं

गायक डिबि लोप्चनको ल्होछर गीत बजारमा आएको छ ।
सुसन लामाको शब्द संगीतमा रहेको गीत Click Nepal युटुब बाट सार्वजानिक भएको हो । फनिन्द्र राइले एरेन्ज गरेको गीतको ध्वनि सम्पादन सुमन खड्काले गरेका हुन ।

पर्पल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको स्टुडियो भिडियो आस्मान लोप्चनले छायांकन सम्पादन गरेका छन । भिडियोमा एलिना तामङले सृङ्गार गरेकि हुन ।

चितवन जिल्लामा जन्मेका गायक लोप्चनले धेरै गीतहरु गाइसकेका छन । सांगितिक कार्यक्रमको क्रममा विभिन्न देश समेत घुमिसकेका गायकले लोक दोहोरि, तामाङ सेलो, पप गीत र आधुनिम गीत गरि दर्जन भन्दा बढि गीत स्रोता दर्शकका लागि पस्किसकेका छन ।

गायन संगै ब्यवसायलाइ समेत अगि बडाइरहेका गायक युवा व्यवसायि समेत हुन । सबै विधाको गीत गाउन रुचाउने गायक डिबि लोप्चनलाइ भर्सटाइल गायक भन्दा पनि फरक नपर्ला । उनै भर्सटाइल गायकका गीतहरु युटुबमा नाम सर्च गर्ने बितिकै भेटाउन सकिन्छ ।

नयाँ तामाङ सेलो पनि सुन्नुहोस हेर्नुहोस।।।