तिप्लिङ न्यूज
मिति २०७८ पुस १ गते
काठमाडौं

नाधिङ भाका दार ठिकिको बोलको गीत सार्वजनिक भएकोछ । गायक प्रदिप लामा र पाल्मु शेर्पाको स्वरमा रहेको गीत प्रदिप लामा अफिसियल युटुब बाट सार्वजनिक भएको हो ।

सिन्धुपाल्चोक जिल्लाको बगाम छगाममा छायांकन गरिएको गीतको भिडियो समग्रमा राम्रो भएको देखिन्छ ।

जीवन बम्जनको शब्द सृजनामा तयार भएको गीतको संगीत अमृत लामाले गरेका हुन भने संगीत संयोजन जोग लाल लामाले गरेको हो । सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको ध्वनि सम्पादन दिपेश प्रधानले गरेका हुन ।

भिडियोमा छोङ्पो रिन्चेन शेर्पा र मिङ्गमार डोमा शेर्पाको नृत्य संगै अभिनय देख्न सकिन्छ । भिडियो तर्फ निर्देशन, सम्पादन र ड्रेन रोशन फ्युबाले, छायांकन प्रकाश वाईबा तामाङले, नृत्य निर्देशन राज किङ वाईबाले र श्रृङगार पाल्मु शेर्पा, ल्हामु भुटिया, जेसुम तामाङले गरेका हुन ।

गीतको भिडियोमा जति सक्दो आफ्नो भेषभुषा र संस्कारलाई देखाउन खोजिएको छ । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरि थाङपाल गाउँ पालिका बरुवा सिम्पानिमा जन्मेका गायक प्रदिप लामाको सांगीतिक प्रस्तुतिहरु दिन प्रति दिन राम्रो र उत्कृष्ट आउने क्रम छ ।

नुमुज ब्युटी एन्ड स्किन केयरकि सन्चालक समेत रहेकी गायिका शेर्पाले शेर्पाहरुको मौलिक्तालाई झल्काउन कोसिस गरिएको यस म्युजिक भिडियोले स्रोता दर्शक मन जित्नेमा आफु आशावादी रहेको बताएकी छिन् ।

भिडियो पनि हेर्नुहोस्

आगो त बाल्ने सलाईको