तिप्लिङ न्यूज 

नेपाल तामाङ कलाकार संघले ‘दोस्रो तामाङ मौलिक सेलो संगित महोत्सव २०७८’ गर्ने भएको छ । बिहीबार तामाङ घेदुङको सभा हलमा पत्रकार सम्मेलन गर्दै संघले आगामी मङ्सिर २४ र २५ गते दुई दिने महोत्सव गर्ने भएको हो ।

कार्यक्रमको मूल आकर्षणको रूपमा ताम्बा संस्कृति रहने सङ्घका अध्यक्ष विश्व दोङले जानकारी दिनु भयो । उहाँका अनुसार ताम्बाहरुद्वारा डम्फुको महत्त्वलाई प्रस्ट्याउने र ताम्बा संस्कृति गीतहरूको प्रस्तुति हुनेछ ।

कार्यक्रममा तामाङ संस्कृति सभ्यतासँग सम्बन्धित सबै कुरा समेटिएको प्रस्तुतिहरू हुने आयोजकले जनकारि दिनुभयो ।

संघले प्रत्येक वर्ष गर्ने भनिएको महोत्सव कोरोनाको कारणले गर्न नसकिएको जनाएको छ ।

महोत्सवमा सेलो‚ खान्दोके, म्हेन्दोमाया र फापारे गीत नृत्यहरू प्रस्तुति हुनेछन् । महोत्सव काठमाडौंको बौद्ध स्थित चुच्चेपाटिको होटल ह्यातको खुुल्ला मैदान हुनेछ ।

यसअघि संघले तामाङ सेलो संगित तथा खाना महोत्सव २०७६ सम्पन्न गरिसकेको छ ।