तिप्लिङ न्यूज
मिति २०७८ कार्तिक २४ गते
काठमाडौं

१२ औं राष्ट्रिय जनगणना २०७८ मा सबै शेर्पाहरुको सहि तथ्यांक संकलन होस् भन्ने उदेश्यले नेपाल शेर्पा संघ सिन्धुपाल्चोक जिल्ला समितिले जनगणना सम्बन्धि जनचेतना तथा जागरण कार्यक्रम गरेको छ ।

स्थानिय जनप्रतिनिधि विभिन्न संघ संस्थाका अगुवाहरुको विशेष उपस्थितमा जागरणको कार्यक्रम गरेको हो ।

नेपाल शेर्पा संघ सिन्धुपाल्चोक जिल्ला समितिको अध्यक्ष लन्जम शेर्पाको अध्यक्षातामा भएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल हुनुहुन्थ्यो ।

विशेष अतिथि भोटेकोशी गाउँपालिकाकै उपाध्यक्ष दाबुटि शेर्पा र त्यस्तै गरि अतिथिहरुमा पालिकाकै प्रशासकीय अधिकृत भद्र बहादुर बस्नेत, नेपाल शेर्पा संघ बाग्मति प्रदेशका अध्यक्ष आङछिरिङ शेर्पा, वडा अध्यक्षहरु वडा १ मुके शेर्पा वडा ४ साङदोर्जे शेर्पा ,वडा ५ सुप्पा लामा शेर्पा लगायत विभिन्न सघ संस्थाका प्रतिनिधि एवम सुपरिवेक्षक गणकहरु थिए ।

मेरो गणना,मेरो सहभागिता भन्ने नारालाई आत्मासाथ गर्दै १२ औं राष्ट्रिय जनगणना २०७८ मा जाति, भाषा, धर्म , मातृभाषामा आफ्नो सहि तथ्यांक टिपाउन समेत सबै शेर्पाहरुलाई आग्रह गरेका छन ।

जनगणनाको पुर्वसन्ध्यामा नेपाल शेर्पा संघ सिन्धुपाल्चोकको यो कार्य पुर्ण प्रभावकारि हुने देखिन्छ । नेपाल शेेर्पा संघ सिन्धुपाल्चोक जिला समितिले आयोजना गरेको जनचेतना तथा जागरण कार्यक्रम  भोटेकोशी गाउँपालिकाको सभाहलमा गरेको हो ।

भिडियो पनि हेर्नुस