तिप्लिङ न्यूज
मिति २०७८ कार्तिक २३ गते
सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्लाको चौतारा सांगाचोकगढी नगरपलिका वडा नम्बर ४ कुबिण्डे देउरालिमा भर्खरै सम्पन्न गुम्वा र छ्युर्तेनको उद्घाटन गरेको छ ।

एक विशेष कार्यक्रमको आयोजना गरि उद्घाटन गरेको गुम्वा र छ्युर्तेको र्हाप्ने समेत गरेको हो ।

गुम्बाको अध्यक्ष सुर्यदास तामाङको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का जिल्ला इञ्चार्ज कृष्णप्रसाद सापकोटा र विशेष अतिथि चौतारा साँगाचोकगढी नगपालिकाका प्रमख अमानसिं तामाङ हुनुहुन्थ्यो ।

चौतारा सांगाचोकगढी नगरपालिकाका मेयर अमान सिं तामाङले तामाङहरुमा १ गाग्री पानी लिन २ घण्टा लगाउन पछि नपर्ने तर बुद्ध धर्मको आस्थाको केन्द्र गुम्बा भनें आगनमै होस् भन्ने चाहाना हुने धारणा राख्नुभएको छ ।

सिन्धुपाल्चोक जिल्लाको चौतारा सांगाचोकगढि नगरपालिका वडा -४ देउरालीमा नवनिर्मित “थर्साङ दि निङमा छिलिङ गुम्वा” तथा छ्युर्तेनको उद्घाटन एवं र्हाप्ने कार्यक्रममा बोल्नुहुँदै तामाङले उक्त धारणा राख्नुभएको हो ।

मेयर तामाङले तामाङ जातिको विशेष बसोबास रहेको यस ठाउँमा विगतमा पनि ३ वटा गुम्बा रहेपनि संरक्षण र हेरविचारको अभावमा नासिएर गएको सम्झाउनु भएका थिए ।

विगतका गुम्बा भत्किएर त्यस भेगमा वाङ्तेर जिन्लभ(लक्षिन) नभएको भान भएकै कारण एउटा गुम्बा चाहिने नै भएपछि निर्माण गर्नुपरेको उहाँको भनाइ छ ।

त्यस्तै उहाँले अहिले आफैं यस भेगको प्रमुख भएको हैसियतले धर्म प्रती केही योगदान होस भन्ने उद्देश्यले आफ्नै पहलमा गुम्बा निर्माण गरेको बताउँनुहुन्छ ।

भिडियो रिपोर्ट पनि हेर्नुस्

खान्दोके सेलो पनि हेर्नुहोस्