तिप्लिङ न्यूज
मिति २०७८ कार्तिक १४ गते
काठमाण्डौं
युवा गायक गोपाल सोनामको घुम्नमा राम्रो राजधानि बोलको सेलो भाका बजारमा आएको छ।
गायक गोपाल सोनाम र गायिका सशिकला मोक्तानको स्वरमा रहेको गीत गोपाल सोनामको आफ्नै अफिसियल युटुब बाट सार्वजनिक भएको हो ।
विपिन मर्मको शब्द , प्रकाश लामाको संगीतमा तयार भएको गीतको संगीत संयोजन महराज थापाले गरेका हुन भने ध्वनि सम्पादन साजन साहले गरेका हुन ।
ए.प्लस् स्टुडियोमा रेकर्ड भएको गीत समग्रमा राम्रो बनेको छ । गीतको भिडियो काठमाडौं उपत्यका बाट देखिने भुगोल तारेभिर आसपास छायांकन गरेको हो । भिडियोमा गायक गोपाल सोनामनै प्रमुख कलाकारको रुपमा छन् भने उनलाई साथ दिएकि छिन् सिसम तामाङले ।
भिडियोमा गोपाल सोनाम र सिसम तामाङको जोडि राम्रो देखिएको छ । भिडियो निर्देशन र सम्पादन डम्फु मिडियाका अमिर दोङले गरेका हुन् भने छायांकन बज्र ङ्येसुरले गरेका छन् ।
भिडियोको रंग संयोजन जिग्मे मिडियाका सुर्य लामाले गरेको हो । सुनिता लामा गोलेले सबै कलाकारलाई राम्रो देखिने बनाएका हुन् यानिकि श्रृङगार गरेकि हुन ।
राम्रो गायिकि भएको गायक गोपाल सोनामको यस गीतले बजारमा राम्रै चर्चा कमाउन सकिन्छ भन्ने आँकलन गर्न सकिन्छ ।
काठमाडौंको तारेभिरमा जन्मेका गायक गोपाल सोनामको स्वरमा छुट्टै मिठास छ ।
धेरै गीत गाईसकेका गायक गोपाल सोनामलाई हाम्रो यस तिप्लिङ मिडिया हाउस प्रा.लि सांगीतिक यात्रामा अझै थप सफल्ताको शुभकामना समेत ब्यक्त गर्दछ ।
भिडियो पनि हेर्नुहोस (घुम्न राम्रो राजधानि)