तिप्लिङ न्यूज
मिति २०७८ कार्तिक ११ गते
सिन्धुपाल्चोक

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ३, बतासे खालेमा नेकपा एमाले परित्याग गरी एक हुल युवाहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेकपा एमाले परित्याग गरि २५ जना माओवादि केन्द्रीमा प्रवेश गरेको हो ।

पार्टीले आयोजना गरेको मेयरसँग जनता कार्यक्रममा उनीहरु एमाले छाडेर माओवादीमा प्रवेश गरेका हुन् । एमालेको राम्रो भोट बैंकको रुपमा चिनिने खालेमा यसअघि एमालेको सक्रिय राजनीति गरिरहेकादेखि सामान्य कार्यकर्तासम्म रहेका युवाहरु माओवादीमा प्रवेश गरेको विद्यार्थी नेता मिलन लामाले बताए ।

नवप्रवेशीहरूलाई माओवादी केन्द्रका नेता तथा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले खादा तथा अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् ।

प्रवेश गर्नेहरूमा सिरे तामाङ, तारा तामाङ, फुलकाजी तामाङ, सुकु तामाङ, विकुलाल तामाङ, रत्नबहादुर तामाङ, मान व. तामाङ, विक्रम तामाङ, बुद्ध तामाङ, सिंग तामाङ, लासाङ तामाङ, लाल काजी तामाङ, सार्की तामाङ, पदम तामाङ, रमेश तामाङ, सार्की तामाङ, सुक तामाङ, बसन्त तामाङ, आकाश तामाङ, निर वहादुर लोप्चन, कुन्दन लामा, वेलमायाँ लामा, र जिते तामाङ रहेका छन् ।

चौतारा सांगाचोकगढी नगरपालिका वडा -३ का वडा कमिटि अध्यक्ष राम कुमार लामाले सबै नव-प्रवेशिहरुलाई स्वागत गरेका छन् ।

माओवादी पार्टीमा प्रवेश गर्दै सिरे तामाङले विगत लामो समय एमालेमा रहेको तर नेताहरूले वास्ता समेत नगर्ने गाँउको विकासमा समेत नातागोताको हावी भएकोले आफूहरूले संयुक्त रुपमा माओवादी केन्द्र पार्टीमा प्रवेश गरेको समेत बताए ।
मौलिक भाका खान्दोके सेलो खाले महाबिर