तिप्लिङ न्यूज
मिति २०७७ माघ २४
काठमाडौं

चिसोको मौसम बढिरहेको बेला मौसम अनुसारकै गीत यति बेला बजारमा आईरहेको छ ।

मौसमलाई मिल्दोजुल्दो गीत गायक लाक्पा मोक्तान तामाङको स्वरमा `तोङबाको मात´ सार्वजनिक भएको हो ।

गायक तथा संगितकार विशाल काल्तानको शब्द र संगीत रहेको गीतको भिडियो दुच्छे म्यूजिक क्रियस नामक युटुब च्यानल बाट बजारमा ल्याएको छ ।

जेनेरिक स्टुडियो नक्सालमा रेकर्डिङ भएको गीतको संगीत संयोजन चाँद सिङले गरेका हुन भने मिक्सिङ मास्टरिङ गोबिन्दले गरेका छन ।

भिडियोमा गायक स्वयम् लाक्पा मोक्तान तामाङ ,याङगेन स्याङबो तामाङ , मिठु पाख्रिन र साल्मोन तामाङको अभिनय देख्न सकिन्छ।

अमर म्याक्सले निर्देशन गरेको भिडियोलाई रोनिस तामाङले खिचेका हुन भने बिबेक सुनारले सम्पाद र रंग संयोजन गरेका छन । त्यसतै भिडियोका कलाकारहरुलाई सरिता मगरले श्रृङ्गारेका हुन ।

समग्रमा गीत र गीतको भिडियो दुबै राम्रै बनेको देखिन्छ । गीतको भिडियो हेर्न तलको लिंकमा जानूहोला ।

भिडियो