तिप्लिङ न्यूज
मिति २०७७ माघ ३
काठमाडौ

मेरो स्टाईल कानैमा सुन दिउला बोलको गीत संगै भिडियो सार्वजानिक भएको छ ।

चर्चिक गायक तथा संगितकार विशाल काल्तानको शब्द संगीत र स्वर रहेको गीतको भिडियो एक कार्यक्रम गरि सार्वजनिक गरेको हो ।

भिडियोमा युवा मोडलहरु मिलन थिङ पाराङ, सन्तोष दोङ, सञ्जय थिङ र ईशा घिसिङको अभिनय देख्न सकिन्छ ।

तामाङ कलाकार संघका संस्थापक अध्यक्ष एवम् वरिष्ठ संगीतकार तथा गायक चन्द्रकुमार दोङको प्रमुख आतिथ्यतामा उक्त म्युजिक भिडियो सार्वजनिक भएको थियोे ।

छिमेकी क्याफे जोरपाटी बाैद्वमा रहेको म:म प्लाजामा पत्रकार सम्मेलन तथा एक विशेष कार्यक्रमको आयोजना गरि मेरो स्टाईलको भिडियो बजारमा ल्याएको हो ।

सार्वजनिक गरेको गीतमा चाँद सिंहको समगित संयोजन रहेको छ भने ध्वनि सम्पादन दिपेश प्रधानले गरेका हुन।

विक्रम मोक्तानले छायांकन गरेको भिडियोलाई निर्देशक युद्ध लामाले निर्देशन गरेका छन । त्यस्तै यस गीतको भिडियोमा तामाङ चलचित्रको हास्य कलाकार कुईसाङ रुम्वाको अभिनयले भिडियोलाई अझै रोचक बनाएको छ।

उक्त कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा सबै नेपालीहरुको मनमा बस्न सफल चर्चित हाँस्य कलाकार बुद्धि तामाङ (हैट्) तामाङ कलाकार संघको अध्यक्ष संजीव वाइबा चर्चित गायक रोज मोक्तान लगायतका अतिथिहरुको विशेष उपस्थिति रहेको थियो।

यस म्युजिक भिडियो दुच्छे म्युजिक यूट्युब च्यानल बाट सार्वजनिक भएको छ । उक्त भिडियो सार्वजनिक कार्यक्रमलाई स्मारिका थिङले संचालन गरेकी थिइन् ।

भिडियो हेर्नुस्