तिप्लिङ न्यूज
मिति २०७७ पुस २२
सिन्धुपाल्चोक

अनेरास्ववियू सिन्धुपाल्चोकले संगठन सुदृढिकरण अभियानलाई तिब्रता दिएको छ । जस अन्र्तगत चौतारामा रहेको दिनेश राम्जी स्मृति बहुप्राविधिक शिक्षालयमा मंगलबार अनेरास्ववियू प्राविधिक कमिटि गठन भएको छ ।

उज्वल रायमाझीको अध्यक्षतामा ५१ सदस्यीय कमिटि गठन भएको हो । जसमा उपाध्यक्ष जिगिशा श्रेष्ठ, समिता थापा, सचिव उकाश लामा, सह–सचिव दोर्जे तामाङ, रेश्मा श्रेष्ठ, खडक थापा र कोषाध्यक्षमा सौगात अर्याल चयन भएका छन् ।

कमिटि गठन कार्यक्रममा बोल्दै अनेरास्ववियू सिन्धुपाल्चोकका संयोजक मिलन लामाले सिन्धुपाल्चोकमा संगठन सुदृढीकरण अभियान निरन्तर चल्ने बर्ता । ‘यो सुरुवात हो’, उनले भने– ‘अनेरास्ववियू सिन्धुपाल्चोक एकताबद्ध छ ।’ पार्टी फुटको कुनै असर विद्यार्थी संगठनमा नभएको उनले जनाए ।

अन्याय अत्याचारको विरुद्ध लड्दै आएको संगठन अनेरास्ववियू भएको बताउँदै लामाले केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमको डटेर सामना गर्न विद्यार्थी तयार रहेको उद्घोष गरे ।

‘हामी विद्यार्थीहरु असंवैधानिक कदम बिरुद्ध सदैव लाग्नेछौं’, उनले भने– ‘अग्रगमनको पक्षमा उभिन सम्पूर्ण न्यायप्रेमि जनसमुदाय, युवा, विद्यार्थी साथीहरुलाई हार्दिक अपिल गर्दछु ।’

अनेरास्ववियू सिन्धुपाल्चोकको जिल्ला कार्यलय सदस्य रवि भण्डारी, लक्ष्मण सिलवाल, जिल्ला सचिवालय सदस्य रिता सापकोटा, प्रविण चौलागाईं र चौतारा क्याम्पसका नेता प्रल्हाद विकको उपस्थितिमा कमिटि गठन भएको हो ।

इकाई कमिटिको अध्यक्ष भए लगत्तै उज्वल रायमाझीले आफू सदैव विद्यार्थीहरुको हक हितको पक्षमा कटिबद्ध रहने उद्घोष गरेका थिए ।
सागर परियारको अछुत बोलको गीत https://youtu.be/Dm1NNb-Qt5Q