तिप्लिङ न्यूज
मिति २०७७ पुस १७

तामाङको मौलिक धार्मिक परम्परा र बोन धर्मलाई जिवित राख्नलाई ७ दिने गुफा (छम) सम्पन्न भएको छ ।

दिल बा. तामाङले चाैतारा साँगाचोकगढी नगर पालिका वडा नम्बर १४ का ९ जना प्रशिक्षार्थिहरुलाई गाँउ कै च्यानडाँडामा ७ दिन सम्म गुफा (छम) राखेर प्रशिक्षण गरेको हो ।

पुसको १० गतेबाट सुरु भएको गुफा १६ गते सम्पन्न भएको थियो । सम्पन्न भएको दिन यानिकि १६ गते गुफा बसेका बोम्बोहरुलाई स्वागत कार्यक्रम औपचरिक रुपमा सम्पन्न भएको थियो ।

तामाङ समुदायमा देवि , देवता र भुत प्रेतलाई बिश्वास गर्ने भएकोले बोन धर्मलाई महत्व दिइन्छ।

चौतारा साँगाचोकगढि नगरपालिकाको प्रमुख अमान सिङ तामाङको प्रमुख आतिथ्यतामा सु सम्पन्न भएको कार्यक्रमको सभापतित्व ग्रहन भने झाँक्रि गुरु दिल बा. तामाङले गर्नु भएको थियो ।

चौतारा नगर घेदुङकाे सल्लाहकार चक्र तामाङले सञ्चालन गरेकाे कार्यक्रममा नगर घेदुङका सल्लाहकार तथा नेकपाका सिन्धुपाल्चोककाे जिल्ला सदस्य उजार सिं तामाङ , चौतारा नगर वडा नम्बर १४ का वडा अध्यक्ष शेर बा श्रेष्ठ, नगर घेदुङकाे अध्यक्ष प्रविण तामाङ लगायतका अतिथिहरु कार्यक्रममा उपस्थिति हुनुहुन्थ्यो ।

सल्लाहकार उजार सि तामाङले २४० वर्ष देखि उच्च जाति भन्नेले विभिन्न काल खण्डमा बाध्यकारि, दमनकारी , र बिभेदकारी कानुन बनाएर तामाङ जातिकाे धर्म संस्कार संस्कृतिहरुलाई गुमनाम बनाएर सिङ्गाे समुदायलाई नै २४० बर्ष पछि पारिएकाे हुँदा नेपाल तामाङ घेदुङ गठन गरेर याेजनाबध्द रुपमा राजनैतिक आर्थिक र सामाजिक रुपले समुदायलाई नै उच्च जाती संग प्रतिस्पर्धा गर्न सक्ने हैसियत कायम गरि तामाङ हुनका लागि आवश्यक विविध संस्कार संस्कृतिहरुलाई एक पछि अर्काे याेजना निर्माण गर्दै अगाडि बढ्ने बताउनु भएको छ ।

साथै पुर्खा देखि स्थापित धर्म संस्कार रितिरिवाज र परम्परा हाम्राे जातिकाे अमुल्य गहना बिस्तारै लाेपाेन्मुख भएकाले नयाँ पुस्तालाई यसै गरि हस्तान्तरण गर्दै जानू पर्ने कुरामा जाेड दिदै यस्ता गुफा कार्यक्रम सबै गाउँका झाँक्रि र लामाहरुले पनि निरन्तरता दिनु पर्ने भनाई राख्नु भयो ।

यस बर्षकाे साेनाम ल्हाेछार कार्यक्रम पनि साँगाचाेककाे छ्युमिटासि गुम्वामा ४ दिन सम्म विश्व शान्ति पुजा गरि मनाउने भएकाे हँदा सवै जनालाई सहभागिताकाे लागि अब्हान पनि गर्नु भयो ।

कार्यक्रमकाे प्रमुख अतिथि अमान सिं तामाङले बहुजाति बहुभाषि मुलुक नेपालमा विभिन्न जातिय संस्कार संस्कृति भाषा र भेषभुसा देशकाे गहना भएकाले यसकाे संरक्षणका लागि नगर हरेक विषयमा सहयाेग र अविभावककाे भुमिका निर्वाह गर्न तत्पर रहेकाे कुरा बताउनु भयो ।

भाैतिक पुर्वधार निर्माण गरेर मात्र समृद्ध नगर हुन सक्दैन समृद्ध नगर हुनका लागि प्रत्यक व्यक्तिकाे आम्दानि काे श्राेतमा बृध्दि का साथै नगर भित्रकाे जातिय संस्कृतिहरुकाे संरक्षण र विकास पनि हाे बताउनु हुन्छ । यसका लागि नगरले विशेष बजेटकाे ब्यवस्था गरिएकाे पनि जानकारि गराउनु भयाे ।

मौलिक खान्दोके सेलो जुहारि