तिप्लिङ न्यूज
मिति २०७७ मंसिर १६
ललितपुर

ललितपुर,गाबाहाल अवस्थित कुमारी पार्टी प्यालेसमा लोक नृत्य सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कोभिड-१९ ले गर्दा नृत्यका सम्पूर्ण कामहरु ठप्प भएको समयमा पनि सामाजिक दुरि कायम गरि उक्त कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको सुरुवाती केही समय ध्यान गरि कार्यक्रम सुचारु गरिएको थियोे ।

कार्यक्रममा नृत्य मण्डपका बिद्यार्थीहरुको सहभागी भएको थियो ।अमेरिकामा बसेर पनि नेपाली कला संस्कृति लाई माया गर्ने गुरु यज्ञमान शाक्य ज्यु अहिले नेपाल आएको समयमा विभिन्न नृत्यका विषयमा जानकारी गराउनु भएको थियो ।

गुरु यज्ञमान शाक्यले अमेरिका बाट पनि नेपाली लोक संस्कृतिको जगेर्ना गर्ने उदेश्यले अनलाइन कक्षा मार्फत नृत्यको विषयमा जानकारी दिई रहनु भएको थियो ।