तिप्लिङ न्यूज
मिति २०७७ मंसिर १४ गोरखा

गण्डकी प्रदेश स्तरिय संस्कृति तथा बोम्बो घेदुङ को प्रथम भेला सम्पन्न भएको छ ।

मंसिर १३ गते भएको प्रथम भेलाबाट गण्डकी प्रदेश संस्कृति घेदुङ अध्यक्षमा आशा बहादुर थिङ तामाङ र बोन्बो घेदुङको अध्यक्षमा आश बहादुर गोले तामाङको नयाँ नेतृत्व चयन भएको हो । 

पालुङटार नगर पालिका वडा -५ गोर्खामा भएको प्रथम भेला नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका अध्यक्ष हरिजंग बोम्जनको प्रमुख आतिथ्यता र नेपाल तामाङ बोम्बो घेदुङ संघिय अध्यक्ष दिनेश मोक्तान तामाङको अध्यक्षतामा कर्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाल तामाङ घेदुङका संघिय सदस्य धन सुब्बा तामाङ , विशेष अतिथि नेपाल तामाङ घेदुङकै संघिय सदस्य आश बहादुर तामाङ , अतिथि नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशकि कोषाध्यक्ष निरुता तामाङ , अतिथि नेपाल तामाङ बिद्यार्थी घेदुङका संघिय उपाध्यक्ष जुना तामाङ, आस ब तामाङ, खुशि तामाङ , ज्योति तामाङ र टेक ब तामाङको अपस्थिति थियो ।

भेलामा गण्डकी प्रदेशको विभिन्न जिल्लाबाट सहभागि भएका थिए । तामाङ घेदुङको संगठन भएको जिल्लाहरु कास्की,लमजुङ, बाग्लुङ, तनहुँ, गोर्खा र नवलपुर प्रत्यक जिल्लाबाट २/२ प्रतिनिधि सहभागी भएको कार्यक्रमको संचालन भने नेपाल तामाङ संस्कृति घेदुङको संघिय सचिव आशिस डुम्जनले गरेको थियो।

बौद्ध तामाङ समाज पालुङटार गोरखाका अध्यक्ष शेर बहादुर तामाङले स्वागत मन्तब्य बाट सबै अतिथि एवम पाहुनाहरुलाई स्वागत गरेका थिए ।

भेला बाट गण्डकी प्रदेश स्तरिय नयाँ संस्कृति घेदुङ र बोन्बो घेदुङको कार्यसमिति चयनको लिस्ट यस प्रकार छन । ।

नेपाल तामाङ घेदुङ गण्डकी प्रदेश स्तरीय नेपाल तामाङ सस्कृती घेदुङ कार्य समिति
१.अध्यक्ष :- आश बहादुर थिङ तामाङ (आँसु लामा)
२.उपाध्यक्ष:- सम्झना थोकर तामाङ
३.उपाध्यक्ष :- गीता स्याङ्बो तामाङ
४.सचीव:- प्रशान्त गोम्जा तामाङ
५.कोषाध्यक्ष:- हेमा स्याङ्बो तामाङ
६.सदस्य:- प्रीती कोम्देन तामाङ
७.सदस्य:- सन्तोष थिङ तामाङ
८.सदस्य:- दुर्गा बहादुर गोम्जा तामाङ
९.सदस्य:- मैच्याङ पाख्रीन तामाङ

नेपाल तामाङ घेदुङ गण्डकी प्रदेश स्तरिय बोन्बो घेदुङ कार्य समिति

१.अध्यक्ष :- आश बहादुर गोले तामाङ
२.उपाध्यक्ष:- वीर बहादुर तामाङ
३.सचीव:- बेल बहादुर पाख्रिन
४.कोषाध्यक्ष:- आस बहादुर तामाङ

खान्दोके सेलो बल्लपो तामाङको हुल उठ्यो ।