तिप्लिङ न्यूज
मिति २०७७ मंसिर १२
काठमाडौं

चन्द्र वीर लो लामाको दोस्रो प्रस्तुति सोनाम ल्होछार तामाङला बोलको गीत सार्वजानिक भएको छ ।

आफ्नो संस्कार संस्कृति बिर्शेकाहरुलाई सोनाम ल्होछार तामाङला भन्दै गीतबाटनै जनचेताना फैलाउने उदेश्यले बजारमा ल्याईएको गीत Click Nepal युटुब च्यानल बाट सार्वजानिक भएको हो ।

चन्द्र बिर लो लामाकै शब्द स्वर रहेको गीतको संगीत र संगीत संयोजन निरोज लामाले गरेका हुन । ए वान स्टुडियोमा रेकर्ड भएको गीतको ध्वनि सम्पादन राजेस श्रेष्ठले गरेका हुन ।

भिडियो प्रमुख कलाकारको रुपमा पुर्ण लामा स्याङतान , मोनिका लामा , राइजो लो लामा, रुबिना लामा, रश्मि लामा ,रबिन लो लामालाई देख्न सकिन्छ ।

भिडियोको निर्देशन बुद्ध लामा तितुङले गरेका हुन भने नृत्य निर्देशन पुर्ण बहादुर स्याङतानले गरेका हुन । डिप्सन डंगोलले खिचेको भिडियोमा आस्मान लोप्चनको सम्पादन र दिपेन्द्र भट्टको रंग संयोजन रहेको छ ।

अन्य कलाकारहरु सुरज तामाङ, लाक्पा तामाङ, सुरज लामा कर्म लामा, बिकाश भारती,सन्देस थोकर, अर्चना थोकर, प्रगति राई, रन्जु राई ,समीक्षा राई, प्रिति आले मगर, प्रिया आले मगर, कमल लो, राकेश लो, धनराम थोकर, नर बहादुर थोकर , धनलाल थोकर ,सन्त कुमार लामा, श्री तामाङ वाइबालाई भिडियोमा देख्न सकिन्छ ।

भिडियो निर्माणमा विशेष सहयोग गर्नु भएको छ
नर बहादुर लो लामा, सन्जु लो तामाङ, धन बहादुर लामा , सुनिता बोम्जन लो
अन्जु लो लामा, रोजिना लो लामा, रिमा लो लामाले ।

गायक चन्द्र वीर लो लामाको यो भन्दा अगाडि कुख्रा त चर्ने बोलको गीत सार्वजनिक भएको थियो । दोलखा जिल्लाको मेलुङ गाउँ पालिका वडा नम्बर ६ निकासि जन्मेका गायक चन्द्र वीर लो लामा अवकास प्राप्त पुर्व प्रहरी साहायक निरिक्षक समेत हुन ।

अहिले काठमाडौंलाई आफ्नो कर्म भुमि बनाईरहेका गायक चन्द्र वीर लो लामा आफ्नो संस्कार संस्कृतिलाई गीत संगीतको मार्फत जगेर्ना गर्न खोजिरहेका छन ।

तामाङको प्रमुख पर्व चाड भनेको सोनाम ल्होछार हो आफ्नो चार्डलाई प्रोत्साहन गरौं र पश्चिमेलि संस्कारलाई निरोत्साहित गरौं भन्ने भावले सोनाम ल्होछार तामाङला भने गीत बजारमा ल्याएको बताउछन गायक चन्द्र वीर लो लामा ।