तिप्लिङ न्यूज
मिति २०७७ कार्तिक २४
काठमाडौं

चर्चित गायक (मंगोलियन हर्ट) का राजु लामा र गायिका निर्मला घिसिङको स्वरमा रहेको गीतको भिडियो सार्वजानिक भएको छ ।

काठमाडौंको दरबारमार्ग स्थिब किङरिङ लन्च एण्ड बारमा एक औपचारिक कार्यक्रम गर्दै भिडियो सार्वजनिक गरेको हो ।

आस्मान वाईबाको अध्यक्षतामा सम्पन्न भएको भिडियो सार्वजनिक कार्यक्रमको प्रमुख अतिथि भने आदिवासि जनजाति चलचित्र महा संघका अध्यक्ष अमृत सुनुवार हुनु हुथ्यो । कार्यक्रममा पत्रकार र कलाकारहरुको बाग्लै उपस्थिति थियो । 

सुमधुर प्रेम गित “तिम्रो साथ बिना” को भिडियोमा मायालु जोडिको रुपमा कलाकार आस्मान तामाङ वाईबा र मोडल अमिता दोङको जोडि लभ कपलको रुपमा देखिएको छ ।

कुमार स्याङ्बाको शब्द, निमा लामा दोङको संगित र दिपेश प्रधानको संगीत संयोजन एवम ध्वनि सम्पादनमा तयार भएको मीठो गितलाई अजय स्याङ्तानले निर्देशन गरेका हुन । छायांकन बिक्रम लामा र चक्र महर्जनको रहेको छ । भिडियो समग्रमा राम्रो बनेको प्रतिक्रिया आईरहेको छ ।

भिडियो हेर्नुहोस