तिप्लिङ न्यूज
मिति २०७७ कार्तिक ५
काठमाडौं

हिन्दु नेपालिहरुको दोस्रो महान चाड शुभदिपावलिको पावन अवसरमा सप्तरंगि भाईटिका बोलको गीत भिडियो सहित बजारमा आएको छ ।

विजय तामाङको शब्दमा रहेको गीतको संगीत प्रकाश तामाङ तितुङले गरेका हुन । दाजुभाई परदेशमा र दिदी बिहिनी स्वदेशमा हुँदाको पिर र बेदनालाई जस्ताको तस्तै उतारेर तयार पारिएको गीतमा स्वर भने गायक विशाल काल्तान, गायक प्रकाश तामाङ तितुङ, गायिका सुमिना लो र गायिका जीतु लोप्चनले दिएका छन ।

रोजगारीको लागि परदेशीन बाध्य आफ्नो दाजुभाईको दिर्घायुको कामाना गरिएको दाजुभाई र दिदीबहिनीको प्रेम व्यक्त भएको गीतमा अमिर दोङ, निरन्जली लामा, अरुण लोप्चन र सुस्मिता तामाङको अभिनय देख्न सकिन्छ । अतिथि कलाकारको रुपमा कुईसाङ रुम्बा र फुलमान तामाङ (गोले) लाई पनि भिडियोमा देख्न सकिन्छ ।

फराज अर्पनले निर्देशन सम्पादन गरेको भिडियो जिग्मे मिडियाको अफिसियल युटुब बाट सार्वजनिक गरेको हो । सुर्य लामाले छायांकन गरेको भिडियोमा नृत्य निर्देशन भने सुशील लामाले गरेका हुन । गीतको अडियो भिडियो सदाबहार अनलाई टिभिको निर्माणमा बनेको हो ।

भिडियो हेर्नुहोस