तिप्लिङ न्यूज
मिति २०७७ कार्तिक ५
काठमाडौं

गायक जेबि जिम्बाको नयाँ सांगीतिक कोसेली “टिकटक २” को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । टिकटक १ को सफलता पश्चात् त्यसैको दोश्रो भाग स्वरुप भाग २ ल्याएको गायक जिम्बाले बताए । गायक जिम्बाकै शब्दमा सजिएको यस गितमा समय सान्दर्भिक टिकटकको विषयलाई बिशेष रुपमा चर्चा गरेका छन् ।

दिपेश लामाद्वारा निर्माण गरिएको टिकटक २ राम्रै बनेको छ। जितु लोप्चनको स्वर समेत समेटिएको गितको एरेन्ज र मिक्सिङ दिपेश प्रधानले गरेका हुन् । सानुबाबु घिसिङको संगित रहेको गित सरगम स्टुडियोमा रेकर्डिङ गरेको हो।
भिडियोको निर्देशन पाटो पनि उत्कृष्टनै भएको देखिन्छ। भाइन भिमफेदीका मिथुन लामा र बिशन लामाले कोरियोग्राफी र निर्देशन गरेका हुन । भिडियोमा निरान्जली लामा र अनिता गोलेको साथमा सुरेश लामा र समीर तामाङलाई देख्न सकिन्छ।

जिग्मे मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरेको भिडियोलाई छायांकन, सम्पादन, ड्रोन सुर्य लामाले गरेका छन्।

गायक जिम्बाले यस अघिनै सयघरे नाम्सा, टिकटक फेसबुक, कोदोको झिर्मा, सिन्धु त पाल्चोके, लेकलेक चर्ने बोलका गितहरु श्रोता दर्शकमा माझ ल्याईसकेका छन।

भिडियो