तिप्लिङ न्यूज
मिति २०७७ असोज २५ काठमाडौं

अदिप बाबुको आफ्नै शब्द रचनामा रहेको तामाङ सेलो भाकाको गीत चिसो चिसो सिम्पानिको म्यूजिक भिडियो सार्वजानिक भएको छ । Click Nepal युटुब च्यानल बाट आज भिडियो सार्वजानिक गरेको हो ।

अदिप बाबू र सुक्रानि स्याङबोको सुमधुर स्वर रहेको सेलो भाकाको गीतमा संगीत भने गायक तथा संगीतकार विश्व दोङले दिएका छन । 

नोर्बु शेर्पाको संगीत संयोजनमा बनेको गीत परदेशको स्टुडियोमै रेकर्ड भएको थियो । गीतको ध्वनि सम्पादन किशोर थापाले गरेका हुन ।

भर्खरै मात्र सार्वजानिक भएको गीतको भिडियोमा आस्मान लोप्चन , अदिप बाबू , याङ्गि दोङ र रोजिना दोङको अभिनय र नृत्य देख्न सकिन्छ । 

सुर्य लामाले छायांकन र रंग संयोजन गरेको भिडियोलाई निर्देशन र सम्पादन आस्मान लोप्चनले गरेका हुन् ।

अदिप बाबुको यो भन्दा अगि पनि केही सेलो भाकाहरु युटुब बाट सार्वजानिक भईसकेको छ ।
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरि थाङपाल गाउँ पालिका वडा-५ गुन्सामा जन्मेक गायक अदिप बाबू निरन्तर गीत संगीतमा लाग्ने बताउछन।

अब एक पछि अर्को गर्दै सेलो भाकाहरु स्रोता दर्शक माझ पस्कने बताउदै चिसो चिसो सिम्पानिको भिडियो सबैले हेरेर सल्लाह सुझव र प्रतिक्रिया दिन हुन अनि सेयर गर्न अपिल समेत गरेका छन गायक अदिप बाबुले ।

तामाङ सेलो चिसो चिसो सिम्पानि