तिप्लिङ न्यूज
मिति २०७७ असोज २१ काठमाडौ 

गायक ओम तामाङ वाईबाको बिलकुलै नयाँ पुर्बेलि गीत सोल्टिनि ज्यू बजारमा आएको छ ।

ओम तामाङ वाईबाकै शब्द संगीत र स्वरमा रहेको गीतको भिडियो जिग्मे मिडियाको अफिसियल युटुब च्यानल बाट सार्वजनिक भएको हो ।

अनु तामाङको डेब्यु भिडियोलाई स्रोता दर्शकले मन पराउनेमा आशावादि छन् निर्माण पक्ष । सुहाउँदो जिउडाल , मिलेको अनुहार , गोरो बर्णकि अनु तामाङ थिङ हँसिलो स्वाभाविकि छिन ।

सानै देखि नृत्यमा रुचि राख्ने अनुको सपनानै कलाकार बन्ने रहेको बताउछिन । कलाकारितामा पारिवारिक साथ सहयोग राम्रै भए पनि अवसर भने बल्ल जुरेको र अब कलाकारिता क्षेत्रमा निरन्तरता दिने पनि बताउछिन ।

आप्पा कोषमान तामाङ र आमा सुन्तलि लामाको कान्छि छोरी अनु उमेरले भर्खर दुई दशकमा टेकेकि छिन ।

काठमाडौंमै जन्मि हुर्केकि अनु तामाङ थिङको पुर्खेउलि घर भने काभ्रे जिल्लाको पलान्चोकमा हो ।

अहिले सम्म सिङगलनै रमाएकि अनु कुनै पनि प्रेम सम्बन्धमा फसेकि छैनन् ।

सोल्टिनि ज्यू बोलको गीतको भिडियो निर्देशन गायक ओम तामाङ वाईबा स्वयंले गरेका हुन भने छायांकन र रंग संयोजन सुर्य लामा र सम्पादन बज्र ङेसुरले गरेका हुन । गीतमा संगीत संयोजन र ध्वनि सम्पादन दिबेस राईको रहेको छ ।

भिडियो सोल्टिनि ज्यू

आत्मा अनुशासन