मिति २०७७ असोज १७ गते भक्तपुर
चुडामणि फुयाल

नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाको तेस्रो साधारणसभा सम्पन्न भएको छ।

नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाको अध्यक्ष दिपक बज्राचार्यको सभापतित्व र नृत्य निर्देशक संघ नेपालका केन्द्रिय अध्यक्ष भुवन दास श्रेष्ठको प्रमुख आतिथ्यतामा तेस्रो साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा अतिथिको रुपमा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय महासचिव निरिप ध्वज खत्री, केन्द्रीय सह-कोषाध्यक्ष केशव कोईराला ,काभ्रे जिल्ला शाखाका उपाध्यक्ष नारायण हेङ्गजु, काठमाडौं जिल्ला शाखाका उपाध्यक्ष अर्जुन लामा , सचिव देवराज गुरुङ ,ललितपुर जिल्ला शाखाका आजिवन सदस्य सुरेन्द्र देशार , समाजसेवी प्रभु भक्त माडी श्रेष्ठ ,नमस्ते ख्वप टि.भीका प्रबन्ध निर्देशक ऋषि केश श्रेष्ठ तथा भक्तपुर जिल्ला शाखाका निवर्तमान अध्यक्ष द्वारिका अधिकारी उपस्थित हुनुभएको थियो ।

नमस्ते ख्वप टि.भीको कार्यालयमा सम्पन्न साधारणसभाको कार्यक्रम नमस्ते टिभि बाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य संघको तर्फबाट उपाध्यक्ष नारायणी थापामगरले दिएकि थिईन भने आयोजकको तर्फबाट अध्यक्ष दिपक बज्राचार्य ,कोषाध्यक्ष प्रदिप श्रेष्ठ तथा सचिव चुडामणि फुयालले संघको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

स्वागत मन्तव्य दिने क्रममा नृत्य निर्देशक संघ नेपालका महासचिव निरिप ध्वज खत्री ,सह-कोषाध्यक्ष केशव कोईराला ,काभ्रे जिल्ला शाखाका उपाध्यक्ष नारायण हेङ्गजु,ललितपुर जिल्ला शाखाका आजिबन सदस्य सुरेन्द्र देशार, काठमाडौं जिल्लाका उपाध्यक्ष अर्जुन लामा ,समाजसेवी प्रभु भक्त माडी श्रेष्ठ तथा नमस्ते ख्वप टिभी.का प्रबन्ध निर्देशक ऋषि केश श्रेष्ठले नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाको प्रगतिको कामना गर्नुभयो ।

कार्यक्रममा नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखामा आबद्ध नयाँ सदस्यहरुलाई प्रमुख अतिथि केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठले परिचयपत्र हस्तान्तरण गर्दै संघमा स्वागत गर्नु भयो।

आफ्नो मन्तव्य दिने क्रममा प्रमुख अतिथि नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठले यस्तो परिस्थितिमा सम्पूर्ण नृत्य निर्देशक एक हुनुपर्ने बताउनु भयो ।

कार्यक्रमका सभापति दिपक बज्राचार्यको आज्ञा अनुसार कार्यक्रम सञ्चालक चुडामणि फुयालले यस अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न साथ सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन भएको थियो ।

आत्मा अनुशासन