तिप्लिङ न्यूज
मिति २०७७ असोज ८ काठमाडौं

युवा गायक प्रदिप लामाको नेपाली लोक सेलो गीत हेलम्बु माथि बोलको गीतको भिडियो युटुब मार्फत सार्वजानिक भएको छ ।

अरुण तिवारिको शब्द र  बिक्रम थापाको संगीतमा बनेको गीत आजै प्रदिप लामाको अफिसियल युटुब बाट सार्वजनिक गरेको हो ।

गीतको संगीत संयोजन सन्दिप कार्किले गरेका छन भने भिडियो निर्देशन ओम तामाङ वाईबाले गरेका हुन । गीत त राम्रो बनेको छ नै र भिडियो पनि राम्रै बनेको स्रोता दर्शककले प्रतिक्रिया दिएका छन् ।

भिडियोमा एलेक्स ह्योल्मो र निरान्जलि लामा संगै बाल कलाकार  राहुल लामा र निस्कला लामाको जोडदार अभिनय देख्न सकिन्छ ।

सिन्धुपाल्चोक जिल्लाको रमनिय पर्यटकीय क्षेत्र हेलम्बुमा खिचिएको भिडियोको छायांकन  र रंग सम्पादन जिग्मे मिडियाका सुर्य लामाले गरेका हुन । भिडियोको सम्पादन भने बज्र ङेसुरले गरेको हो ।

सिन्धुपाल्चोक जिल्ला पाँचपोखरि थाङपाल गाउँपालिका वडा नम्बर २ – बरुवा, सिम्पानि (ब्रावाल) मा जन्मेका गायक प्रदिप लामा निरन्तर गीत संगीतमै छन ।

सबै खाले गीत गाउन सक्ने क्षमता भएका गायक लामाले औपचारिक रुपमा २०७१ सालमा गीत रेकर्ड गराएका थिए ।

गायक लामाले सांगीतिक नक्षत्रमा ए निष्ठुरि गीतबाट पाईला चालेको हो । अहिले सम्म करिब १ दर्जन भन्दा बढि गीत गाईसकेका गायक प्रदिपले लोक पप, नेपाली आधुनिक , तामाङ सेलो , नाधिङ सेलो,ह्योल्मो ,टिबेटियन लगायत विभिन्न भाषा भाषिको गीत समेत गाईसकेका छन ।

हेलम्बु माथि  भिडियो