तिप्लिङ न्यूज
मिति २०७७ भदौं २८ काठमाण्डौं
गायिका मेनुका तामाङको पहिलो म्हेंदोमाया “दोलेप नम्सा” गित को म्युजिक भिडियाे जिग्मे मिडिया प्रोडक्सन Jigme media production को YouTube चनेल बाट सार्बजनिक भएको छ ।
गायिका मेनुका तामाङको यो पहिलो म्हेंदोमाया गित रहेको छ । दोलेप नम्सा गितमा गायिका मेनुका तामांग र म्हेंदोमाया गायक किर्ती तामाङको स्वरमा सजिएको यस गितको शब्द संगीत शैलाप वाइबाको रहेको छ, संगीत सम्योजक कमल सौराग र अडियो मिक्सिंग डिका गुरुङले गर्नु भएको छ ।
गितमा प्रेमप्रेमिका बीच रहेको अटल माया अनी धेरै समय पछि भेट्ने बाचा गर्दै गाउघरको आफ्नै शैली र भाषामा सजिएको कथाबस्तुलाई भिडियोमा देखाउन खोजिएको छ।
भिडियोमा गायिका मेनुका तामाङ र तामाङको अभिनय देख्न पाइने छ । निर्देशक जोन राई र सुनिता वाइबाको कोरियोग्रफार रहेको छ र सम्पदान जोहन राई ले गर्नु भएको छ। सन्चु थोकरको छायांकन रहेको भिडियोमा सानू हबिक को Drone छायांकन रहेकोे छ ।
भिडियोको लागि तलकोलिंकमा क्लिक गर्नुहोला