तिप्लिङ न्यूज
मिति २०७७ भदौं ११ काठमाडौं
चुडामणि फुयाल

सानै उमेर देखिनै गीत संगीतमा रुचि भएका र लामो समयदेखि वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा बसेका काठमाडौं निवासी प्रेम तामाङले नेपाली गीत संगीतलाई माया गर्दै सांगीतिक कोशेलि बजारमा ल्याएको छ ।

आफ्नो शब्द र संगीतमा रहेको “खोजि हिडेको “गीतको म्युजिक भिडियो माबो क्रिएसनको ब्यानरमा बनेको र Highlights Nepal बाट बजारमा ल्याएको हो ।

गीतमा स्वर हरि गुरुङको रहेको छ । यस गीतको भिडियोलाई इजरायलको विभिन्न ठाउँमा छायांकन गरेका छन । यस म्युजिक भिडियोमा प्रेम तामाङ ,क्याटी क्षेत्री ,अनुराज तामाङ ,खुमा लिम्बू ,पासाङ शेर्पा ,शिवराज खड्का र कृष्णप्रसाद शर्मा लगायत अन्य कलाकारको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन सम्पादन तथा निर्देशन सन्तोष माबोले गरेका हुन ।

यदि याो म्युजिक भिडियोलाई दर्शकहरुको अपार माया पाएको खण्डमा आगामी दिनहरूमा अझै राम्रो राम्रो शब्द र संगीमा नयाँ गीत लिएर आउने प्रेम तामाङले तिप्लिङ न्यूजलाई इजरायल बाट जानकारी दिएका छन ।

भिडियो खोजि हिडेको