तिप्लिङ न्यूज
मिति २०७७ साउन ३१
काठमाडौं

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं . २ स्थित लिदी गाउँमा माथि बाट खसेको पहरिमा परि धेरैले ज्यान गुमाएका छन भने धेरै घरबार बिहिन भएका छन ।

ज्यान गुमाउनेको परिवार र घरबार बिहिन भएका पहिरो पिडितलाई नेपाल तामाङ कलाकार संघ र समाजसेवी तथा ब्यबसायी पूर्ण बहादुर लिम्बूले आर्थिक सहयोग गरेका छन।

शुक्रबार बिहान माथि बाट आएको पहिरोले गाउँ नै पुरिंदा ११ परिवारका ३९ जनाको मृत्यु भएको छ भने अझेै पुरिएको शवहरु निकाल्ने क्रम जारी रहेको छ । घाइतेहरुलाई हेलिकप्टर मार्फत उपचारको लागि अस्पताल लाने कार्य भईसकेको र अझै पनि उद्दार कार्य भै रहेकोमा पिडितहरूलाई यथाशिघ्र राहत तथा उचित आवासको समेत आवश्यकता भएकोले नेपाल तामाङ कलाकार संघले राहत स्वरुप नगद १ लाख र व्यवसायि पुर्ण बहादुर लिम्बुको तर्फबाट २५ हजार सहयोग गरेको हो ।

उक्त सहयोग रकम संस्थाको कोषबाट रु. १ लाख नगद र समाजसेवी तथा ब्यबसायी पूर्ण बहादुर लिम्बूबाट प्राप्त रु. २५ हजार गरि जम्मा १ लाख २५ हजार सहयोग हस्तान्तरण गरेको संस्थाका अध्यक्ष सञ्जिव वाइबाले जानकारी दिनुभयो ।

आज जोरपार्टी स्थित छिमेकी क्याफेमा एक कार्यक्रम बिच संस्थाका अध्यक्ष सञ्जिव वाईबा, वरिष्ठ उपाध्यक्ष विश्व दोङ, महासचिव विशाल काल्तान, कोषाध्यक्ष सुवास मोक्तान लगायत संस्थाका पदाधिकारीको टोलीले जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सभापति कृष्ण गोपाल तामाङको हातमा नगद सहयोग हस्तान्तरण गरेको हो ।

विज्ञप्ति

नेपाल तामाङ कलाकार संघले यो दुखद घडीमा अत्यन्तै सर्माहत भएका छौं र यो विषम परिस्थितिमा सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै , घाइतेहरूको सिग्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण पिडितहरुलाई धैर्यधारण गर्ने शक्ति प्राप्तिको कामना सहित हार्दिक समवेदना प्रकट गर्दै यथासिग्र उचित राहत प्रदान गर्नका लागि नेपाल सरकारलाई अनुरोध समेत गरेका छन ।

समुद्र पारिको सहर