तिप्लिङ न्यूज
मिति २०७७ साउन ३० गते
काठमाडौं

करुणा बोम्जनको स्वरमा रहेको तामाङ सेलो गीत छम छमि बोलको गीतको भिडियो सार्वजानिक भएको छ । टीका बोम्जनको शब्द संगीत रहेको गीत दिपेश प्रधानले ध्वनी सम्पादन गरेको हो ।

नायक अमिर दोङले निर्देशन गरेको गीतको भिडियोमा सुस्मा मोक्तान , बाबुराम बोम्जन , कुइसाङ रुम्बा , विकाश बोम्जन को प्रमुख अभिनय देख्न सकिन्छ । भिडियो भरि अभिनय बाबुराम बोम्जनको रहे पनि अन्तिममा सुम्मालाई नायक अमिर दोङले आफ्नो बनाएको कथा बस्तु देख्न सकिन्छ ।

जिग्मे मिडियाका सुर्य लामाले छायांकन गरेको गीतको भिडियो सम्पादन अमिर दोङलेनै गरेका हुन भने भिडियोको रंग संयोजन राजु तामाङले गरेका छन ।

हेरुका लामाले नृत्य निर्देशन गरेको भिडियो समग्रमा राम्रो बनेको छ । मोडल बाबुराम बोम्जन को अभिनय पनि राम्रै देखिन्छ । धेरै गीतको भिडियोमा अभिनय गरिसकेका बाबुराम सिन्धुपाल्चोक जिल्लाका हुन ।

सबै पक्षबाट अब्बल रहेको गीत र भिडियो अमिर दोङ अफिसियल बाट सार्वजानिक गरेको हो ।

भिडियो छम छमि

लघु चलचित्र आत्माअनुशासन