तिप्लिङ न्यूज
मिति २०७७ साउन २७
सिन्धुपाल्चोक

सिन्धुपाल्चोक, बाह्रबिसे गएको श्रावण २२ गते मनमोहन कार्डियोभास्कुल एन्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएका बाह्रबिसेका ८४ वर्षीय पुरुषमा ५ दिन पछि आएको रिपोर्टमा पोजिटिभ आएको खबरले बाह्रबिसेमा मात्र नभै देशैभर खैलाबैला मच्चाएको छ । कारण रिपोर्ट पोजेटिभ आएको भनिएको वृद्धको अन्त्योष्टीका लागि हजारौं मलामीका लागि पुगेका थिए । उहाँको २३ गते अन्त्योष्टि गरिएको थियो ।

जहाँ मलामीका लागी हजारौं नगरभित्रका मात्र नभै जिल्ला बाहिरबाट समेत पुगेको थियो । जसले गर्दा आज आएको रिपोर्ट पश्चात् सबैमा एक किसिमको शंका उब्जिएको छ ।

८४ वर्षीय वृद्धको मलामी गएकाहरुको खोजीकार्य सुरु भएको जानकारी आएको छ । ८४ वर्षीय वृद्धको दाहसंसकार गरेपछि कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

यो समाचारले चर्चा छाएपछी बाह्रबिसे नगर सिल गर्ने जानकारी आएको छ । त्यस्तै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सुचना जारी गरेका छन् । सुचना यस्तो छ ।

सुचना
मिति २०७७ साउन २२ गते बाह्रविसे नगरपालिका ४ निवासी ८४ वर्षको एक पुरुषको मृत्युपछि कोरोना पोजेटीभ देखिएको र मृतकको मृत्युसंस्कार मा गएका र मृतकका परिवारको सम्पर्कमा गएका सबै जनालाई अर्काे सूचना जारी नभएसम्मका लागि आफ्नै घरमा सुरक्षीत रुपमा क्वारिन्टनमा बसिदिनुहुनका लागि हार्दिक अनुरोध गर्दछौ । डिसिसिएमसि सिन्धुपाल्चोक