तिप्लिङ न्यूज
मिति २०७७ साउन २४
सिन्धुपाल्चोक

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सदस्य तथा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले अहिले चलिरहेको बहसले पार्टी नफुट्ने बताएको छ। सिन्धुपाल्चोक जिल्लाको चौतारामा भएको पार्टि प्रवेश कार्यक्रममा बोल्दै यस्तो बताएको हो ।

‘पार्टीभित्रको विवादको बिषयमा छलफल बहस भइरहेको छ। तर, यस्तो बहस हुँदैमा पार्टी विभाजन भइहाल्छ भन्ने प्रचार गर्नु गलत हो’ र नगर्न सबैलाई सुझाएको छ।

‘कम्युनिष्ट पार्टीको एकता भंग गराउन अन्य षड्यन्त्र भइरहेको छ । त्यो सफल नहुने भन्दै’ ‘पार्टी एकता विभाजन गराउन खोज्नेहरू आफैँ सकिने बताए ।

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) सिन्धुपाल्चोकले विभिन्न राजनीति र सांगाठानीक गतिवीधिलाई अगाडी वढाएको छ । सोही सन्दर्भमा अन्य पार्टीको नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश समेत गराएको छ ।

शनिवार भएको पार्टी प्रवेश तथा अन्तरक्र्रिया कार्यक्रममा नेपाली काग्रेस र राप्रपा नेपालका २० भन्दा वढी नेता तथा कार्यकर्ता नेकपा प्रवेश गरेका हुन । नेकपाको पार्टी कार्यालयमा भएको सो कार्यक्रमका प्रमुख तथा केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, विशेष अतिथी केन्द्रीय सदस्य शेरवहादुर तमाङलगायत नेताहरुले नवप्रवेशीलाई टीका र खादा लगाएर पार्टी प्रवेश गरेका हुन ।

नेकपामा प्रवेश हुनेहरुमा नेपाली काग्रेसवाट २०५४ मा कुन्चोकका गाबिस अध्यक्षका उम्मेदार पन्चविर तमाङ, राप्रपाका जिल्ला सदस्य केशव प्रसाद आर्चाय , तरुन दलका युवा नेता समिर तामाङ लगायत रहेको नेकपाका जिल्ला अध्यक्ष झम्क नेपालले वताएका छन

नेकपामा प्रवेश गर्दै दान बहादुर तमाङले भने हामी विकास र संगाठानीक रुपमा नेकपा राम्रो रहेको र यसले लिएको विचार आत्मासाथ गरेको वताए ।
सो कार्यक्रममा वोल्दै प्रमुख अतिथी सापकोटाले अन्य राजनैतिक विचारले जनताको हित नगर्ने हुनाले नेकपाको झण्डा मुनी आउन सबैलाई आह्वान गरेका छन ।

पार्टी प्रवेश गर्नेलाई सम्मान गर्दै उनले भने स्थानीय विकासको लागी पहल गर्ने प्रतिवद्धता जाहेर गरेका छन ।

भिडियो माथि माथि लेकमा धुपि तेज थिङ