तिप्लिङ न्यूज
मिति २०७७ साउन २४
काठमाडौं

तामाङ चलचित्रमा अर्को एउटा नयाँ चलचित्र तिङला पुजु थपिएको छ । तिङला पुजु चलचित्रको उत्कृष्ट गीत आज प्रेसमिट गरि जिग्मे मिडियाको अफिसियल युटुब मार्फत सार्वजानिक गरेको हो ।

सार्सि साम्बा बोलको गीतको भिडियो सार्वजानिक कार्यक्रममा पत्रकार एवम कलाकार र दर्शकहरुको राम्रै उपस्थिति थियो । जय स्याङतान र अबिना गोलेको अभिनय रहेको गीतमा शुभ तामाङ र सृजना स्याङतानले स्वर दिएका छन । कमल रुम्बाको शब्द संगीत दिपेश प्रधानको संगीत संयोजन एवम ध्वनी सम्पादन गरेको गीत दिप स्टुडियोमा रेकर्डिङ भएको थियो ।

निमा लामा तामाङले निर्देशन गरेको चलचित्र तिङला पुजु चाँडैनै बजारमा आउने बताउनुहुन्छ निर्माण पक्ष । कलम रुम्बाको प्रस्तुतिमा बनेको चलचित्र तिङला पुजुमा चलचित्रभरि जय स्याङतान , रोसन थिङ, अबिना गोले, कल्पना वाईबा , सिङ्ग नाथ लामा, केबि मोक्तान , एम बि मुन्द्रे र गुरुदेब लामाको अभिनय देख्न सकिन्छ ।

भिडियो