तिप्लिङ न्यूज
मिति २०७७ साउन १९
सिन्धुपाल्चोक

तामाङ जाति र समुदायको सदियौं बर्षदेखि अबलम्ब गर्दै आएको बोन धर्म `झांक्रि परम्परा´ र तामाङ संस्कार संस्कृति अनुसार गुफा (छाम) बसि ज्ञान आर्जन गर्ने गरिन्छ ।

सिन्धुपाल्चोक जिल्लाको लिसांखुपाखर गाउँ पालिका वडा नम्बर २ स्थित लु-म्हेन्दोका २२ बर्षिय आशा लामा बुद्धदोय माध्यमिक विद्यालयका शिक्षिका समेत हुन । यहि मिति २०७७ साउन १२ गतेदेखि ७ दिनका लागि नजिकै रहेको तामाङहरुको चिहानडाँडामा गुफा ध्यान आरम्भ गरेकि थिईन ।

सोही क्रममा त्यहि गाउँका एक बृद्ध महिला तान्त्रिक विधिबाट उपचार गर्न गएकि र उपचार पश्चात् फर्केको केही दिनमा विरामिका परिवारका सदस्यले सामाजिक अपमान र अपराध गरेको भनि जिल्ला प्रहरिमा उजुरि दिएका थिए ।

जिल्ला प्रहरिले उजुरि पाएपछि वास्तविकता र सत्य तथ्य केहो भनि आधारभुत कुराकोनै ख्याल नगरि एक्कासि जिल्ला प्रहरी कार्यलय सि.पाले तपश्या गरिरहेको आशा लामालाई फरार अभियुक्त अपराधिलाई जसरि पक्राउ गरेकोमा नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकले घोर आपति जनाएको छ ।

तपश्यमा रहेको आशा लामा र उनको , जामा , पगरी , ड्याङ्ग्रो सहित सबै सामन प्रहरिले जफत गरेको थियो ।

प्रेस विज्ञाप्ति

तपश्यमा रहेकि र ज्ञान प्राप्त गरिरहेकि आशा लामालाई तुरुन्त विना सर्त स-सम्मान रिहा गर्न माग गर्दै नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकले विज्ञाप्ति जारि गरि जिल्ला प्रहरिको ध्यानाकर्षण गरेको घेदुङका जिल्ला अध्यक्ष रेशम स्याङबोले जानकारि दिनु भयो ।

भिडियि