तिप्लिङ न्यूज
मिति २०७७ साउन १९ काठमाडौं

युवा गायक अबिराम मोक्तानको हे सानू बोलको गीत युटुब मार्फत सार्वजानिक भएको छ ।

गीतको भिडियो जिग्मे मिडियाको अफिसियल युटुब च्यानल बाट सार्वजानिक भएको हो । गायक तथा संगितकार विश्व दोङको शब्द संगीत रहेको गीतको संगित संयोजन भने दिबेस राईले गरेका छन । पर्पल स्टुडियोमा रेकर्डिङ भएको गीतको ध्वनी सम्पादन दिपेश प्रधानले गरेका हुन ।

भिडियोमा अभि लामा र अनिता गोलेको जोडि देख्न सकिन्छ भने भिडियोको निर्देशन पनि अभि लामालेनै गरेका छन । अभिनय र नृत्य दुबैमा अब्बल अभि र अनिताको जोडि सांगीतिक रुपमा सफलनै मान्न सकिन्छ ।

जिग्मे मिडियाका सुर्य लामाले छायांकन सम्पादन गरेको भिडियोमा खासै कुनै खोट लाउने ठाउ भने भेटिएको छैन । मकवानपुर हेटौंडाका गायक अबिराम मोक्तानको गीतहरु युटुबमा भेट्टाउन सकिन्छ । उपत्यका भन्दा पर गृह जिल्लामा रहेर पनि गीत संगीतमा निरन्तर लागि परिरहेका गायक बाट निरन्तरता बाटै सफल्ता मिल्छ भन्ने पाठ सिक्न सकिन्छ ।

भिडियो