तिप्लिङ न्यूज
मिति २०७७ साउन १७ काठमाडौं

चौरी देउराली गाउपलिका वाडा १ का युवाहरूको पहलमा सङ्कलन गरिएको रकम एक लाख छब्बिस हजार आठ सय असी ( रु१,२६,८८०) रुपैयाँ क्यान्सर पीडित बिष्णु तामाङलाई हस्तान्तरण गरेको छ ।

काभ्रेको चौरी देउराली गाउँ पालिका वाडा नम्बर १ का वडाअध्यक्ष राजु आले तामाङको हातबाट सबै युवाहरुको रोहवरमा हस्तान्तरण गरेको हो

हस्तान्तरण कार्यक्रम तामाङ कुदाप एन्ड सेलो घरको हालमा सम्पन्न भएको थियो । तामाङ कुदापले पनि केहि अर्थिक रकम समेत सहयोग गरेको छ । आफ्नो वडाको ब्यक्तिलाई अप्ठ्यारो गारो पर्दा आफु सधै लागि पर्ने भन्दै वडा अध्यक्षले आफ्नोे दुइमहिनाको तलब ४३ हजार रकम समेत दिनुभएको बुद्ध लामा तितुङले जानकारि दिनु भयो । विस्तृत जानकारिका लागि 9823286881, 9860856864

भिडियो