तिप्लिङ न्यूज
मिति २०७७ साउन ११ काठमाडौं

नृत्य निर्देशक संघ नेपालका सदस्यहरुलाई राहतस्वरुप खाद्यन्न सामग्री प्रदान गरेको छ ।

शनिबार गोपीकृष्णस्थित कामना कला केन्द्रमा एक कार्यक्रमबीच कोरोना भाइरसको कहरले पेशा अन्यौलता भएपछि समस्यामा परेका सदस्यहरुलाई राहत प्रदान गरेका हुन् ।

लामो समयको लकडाउन खुलेपनि उनीहरुले काम गर्ने स्कूल, बोर्डिङ, क्याम्पस, संघसंस्था अझै खुल्ने अन्यौलता भएसँगै उनीहरुमा दैनिक गुजारामा समस्या थपिएका हुन् । सोही समस्यालाई मध्यनजर गर्दै उनीहरुलाई एक बोरा चामल, तीन किलो दाल, एक लिटर खाने तेल लगायतका खाद्यन्न प्रदान गरेका हुन् ।

नृत्य निर्देशक संघ नेपाल काठमाडौ शाखाको समन्वयमा केन्द्रका अध्यक्ष भुवनदास श्रेष्ठ, महासचिव नृपध्वज खत्री, कोषाध्यक्ष शारदा शोती शर्मा, सहकोषाध्यक्ष केशव कोइराला, सदस्य शम्भु शाही र आजीवन सदस्य प्रेमलाल श्रेष्ठले व्यक्तिगत सहयोगमा राहत प्रदान गर्न सफल भएको अध्यक्ष बुद्घ लामाले बताए ।

समस्यामा लाजभन्दा समाधानको खोजी गर्न जरुरी रहेको औल्याउदै अध्यक्ष श्रेष्ठले संघ सधै समस्यामा परेका सदस्यलगायत सबैको लागि सेवामा तल्लीन रहने बताए । उनले भने, ‘समस्या परेमा विभिन्न जिल्लाका शाखा तथा केन्द्रमा सम्पर्क राख्न सकिन्छ । अनि हामी त्यसको समाधानतर्फ लाग्नेछौं’। संघका शाखा सचिव देवराज गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

तिल्पुङ नाम्सा भिडियो