तिप्लिङ न्यूज ,
मिति २०७७ साउन १
काठमाडौं

मार्मिक तामाङ सेलो तिल्पुङ नाम्सा बोलको गीत सार्वजानिक भएको छ । नेमा लोप्चन र चमेलि घिसिङको प्रस्तुतिमा निर्माण भएको गीतमा पर्देशिको कथ ब्यथालाई समेटिएको छ ।

गायक आस्मान लोप्चन र गायिका रोस्ना लुङबाको स्वरमा सजिएको गीतको शब्द रचना आस्मान लोप्चन र नेमा लोप्चनले गरेका हुन ।

गीतको संगीत र संगीत संयोजन जोग लाल लामाले गरेको हो भने रेकर्डिङ “सगु सरगम” स्टुडियोमा भएको थियो ।

गीत ClickNepal युटुब च्यानल बाट सार्वजानिक भएको छ । आफ्नो देशबाट बाध्यताले पर्देशिनु पर्दाको पीडा , परदेशको भोगाई, परदेशमा हुदा आफ्नो गाउँ घरको अनि आफ्नो आमा बुबाको सम्झना र चाहेर पनि घर फर्किन नपाउदाको पीडा समेटि गीत तयार पारेको छ ।

केटा कुबेत र केटि साउदि अरबमा भए पनि फेसबुकबाट दुबैको चिनजान हुन्छ । दुख सुख साटा साट गर्दै गर्दा आफ्नै देश जाउँ, गाउँ घरको खेतबारि गोडौं आफ्नै देशमा केही गरौं भन्ने भाव गीतमा भेट्टाउन सकिन्छ । भनेको जस्तो तलब , खाना र बसाई नभएपछि घर फर्किन चाहे पनि काम सम्झौता अबधि नसके पछि आउन नपाएको दर्दनाक पिडाको महसुस गीतमा गर्न सकिन्छ ।

मार्मिक तामाङ सेलो तिल्पुङ नाम्सा