तिप्लिङ न्यूज २०७७ असार ३० सिन्धुपाल्चोक 

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-४ स्थित लामाथोकका ३२ वर्षीय पाल्देन लामा दुवै मृगौलाले काम गर्न छोडेपछि मर्नु र बाँच्नुको दोसाँधमा छन्  । दुई सन्तानका पिता पाल्देन रोजगारीको लागि दुई वर्ष अघि मलेसिया पुगेका थिए, जहाँ उनलाई स्वास्थ्यमा समस्या आयो र ३ महिना मात्र त्यहाँ बसेर कमाउन गएका उनी फर्किनु पर्यो ।

हाल सम्ममा उपचारकै लागि करिब १५ लाख खर्च भैसकेको छ । आफन्तजनको ऋणमा समेत डुबेको बताउँछन् उनकि श्रीमती । हप्ताको दुई पल्ट डाईलाईसिस गर्न २० हजारको दरले राष्ट्रिय मृगौला उपचार केन्द्रमा खर्च लाग्छ तर त्यो खर्च न त जुटाउन सकिरहेको छ न त कमाउन ? पाल्देन भावुक हुँदै भन्छन् अब बाँच्ने दिन सकिएजस्तो छ ।

घरको आर्थिक अवस्था कमजोर भएकै कारण पाल्देन हारगुहार गर्दै साथिभाई, ईष्टमित्र सम्मलाई सरसहयोग र सापटी पनि लिसके । ईन्द्रावती गाउँ पालिकाले पनि उपचारको लागि उहाँलाई १ लाख सहयोग गरिसकेको बताउनुभयो । त्यो सबै उपचार मै सकिएको सुनाउनुहुन्छ ।

सकेको सरसहयोग सबैबाट पाए केही वर्ष अझै बाँचेर दुई सन्तानलाई हुर्काउने रहर रहेको बताउनुहुन्छ । त्यस्तै आफ्नै साइलो भाइ उर्गेन सिङ्गेले उनलाई एउटा मिर्गौला दिन तयार छन् । तर, मिर्गौला प्रत्यारोपणको लागि पर्ने आवश्यक पर्ने करिब १४ लाख रकम जुटाउन गाह्रो भएको उनले सुनाए । सम्पर्क नं. 9845187891

भिडियो मन छुने वास्तविक कथा