तिप्लिङ न्यूज
मिति २०७७ असार २१
सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्लाकै सदरमुकाम हो चौतारा । हाल चौतारा सांगाचोकगढि नगरपालिका वडा नम्बर ५ मा पर्दछ । जिल्लाकै केन्द्र बिन्दु मुटुको ढुकढुकी “प्यारो चौतारा हाम्रो चौतारा” बोलको स्लोगन गीत यति बेला युटुब मार्फत सार्वजानिक भएको छ ।

जीवन श्रेष्ठको शब्द रहेको गीतलाई चन्द्र सिं घलेले संगीत भर्नु भएको हो । गीतमा चन्द्र सिं घले , दिपा महर्जन र आस्मान लोप्चनको स्वर रहेको छ भने गीतमा नेपाली , नेवारि , तामाङ र घले भाषालाई समेटिएको छ । लुमन स्थापितले रेकर्ड गरेको गीतलाई दिनेश श्रेष्ठले संगीत संयोजन गर्नु भएको छ ।

चौताराको मनोरम दृष्य लिएर तयार पारिएको भिडियोमा मन्दिर गुम्बा जस्ता धार्मिक आस्थााई समेत समेटिएको छ ।

भिडियोको छायांकन सम्पादन भने राज पुरिले गरेका छन । गीत र भिडियोले चौताराको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने बताउनु हुन्छ सोही वडाका वडा अध्यक्ष नरमान श्रेष्ठ ।

पूरा भिडियो