तिप्लिङ न्यूज
मिति २०७७ असार ५
मेलम्चीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु पाँचपोखरी गाँउपालिकाका १० जना, हेलम्बु गाँउपालिकाका ३ जना र मेलम्ची नगरपालिकाका ५ जना रहेका छन् ।
मेलम्ची १२ बाहुनेपाटीमा रहेको क्वारेन्टाइनमा १३ जना र दोलखाबाट आएका मेलम्चीको क्षेत्रिय क्वारेन्टाइनमा बसेका ५ जनामा गरि सिन्धुपाल्चोक जिल्लामा पुन १८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी स्वास्थ्य कार्यालयका सुचना अधिकारि कृष्ण तिवारिले दिनुभएको छ ।
तिवारीका अनुसार असार १ मा स्वाब संकलन गरि, दोलखाबाट आएर क्षेत्रिय क्वारेन्टाइन मेलम्चीमा बसेका ८ जना र बाहुनेपाटीमा रहेका १८ जनको गरी जम्मा २६ जनाको परिक्षणको लागि टेकु प्रयोगशाला काठमाडौं पठाइएकोमा मेलम्चिको क्वारेन्टाइनमा रहेका ५ जना र बाहुनेपाटीको क्वारेन्टाइनमा रहेका १३ जनाको टेकु प्रयोगशाला काठमाडौं पठाइएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । उनिहरुको रिपोर्ट बिहिबार राति आएको थियो । उनिहरु कुवेत, भोजपुर र दोलखाबाट भिन्न भिन्न समयमा आएका थिए ।
आज १८ जना थपिएसगै जिल्लामा संक्रमितको संख्या २४ पुगेको छ । तीमध्ये संक्रमित एक महिलाको भने मृत्यु भइसकेको छ । एक संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।