तिप्लिङ न्यूज
मिति २०७७ बैशाख २८
पोखरा, कास्की

कास्की प्रहरीले नेकपा निकट अनेरास्ववियूका ५ जना नेतालाई पोखराको महेन्द्रपुलबाट गिरफ्तार गरेको छ ।

लिपुलेकमा भएको भारतीय ज्यादती विरुद्ध पोखरामा मोदीको पुत्ला दहन गर्दै गर्दा अनेरास्ववियुका ५ नेता पक्राउ परेको हो ।

अनेरास्ववियुका केन्द्रिय नेता क्षितिज सापकोटा, सन्जय जैसी, बिनायक तिमिल्सिना ,बिशाल तामाङ र मदन पहारी लगाएका नेताहरु गिरफ्तारमा परेका हुन् ।